इटहरीको राष्ट्रिय माविमा खैला बैला : राहत शिक्षकको परिक्षामा त्रुटि भएको भन्दै बिरोध

  • प्रकाशित मितिः चैत्र 30, 2077
  • 500 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरी १ आपगाछिस्थित राष्ट्रिय माविले एक जना नेपालि शिक्षककालागि २८ गते लिएको लिखित परिक्षामा प्रश्नपत्र त्रुटिपुर्ण रहेको भन्दै परिक्षाथिहरूले बिरोध गरेका छन ।बिद्यालयले राहतकोटामा एक जना नेपालि शिक्षकको माग गर्दै २८ गते लिखित परिक्षाको आवहान गरेको थीयो । १३ जनाले परिक्षा फारममा नाम निकालेपनि १२ जना सहभागि भइ परिक्षा दिएका थिए ।

परिक्षा अन्तरगत बितरण गरिएको प्रश्नपत्रमा प्रश्नहरू नै नबुझिएको र धेरै ठाउहरूमा अक्षर मेटिएको र उपयुक्त बिकल्पहरू नै नराखिएको भनि परिक्षार्थिहरूले बिरोध गरेका हुन । परिक्षार्थीहरूले पुनःपरिक्षा हुनुपर्ने माग गरेका छन ।

प्रश्नपत्रमा अक्षरहरू मेटिएको पाइयो र तत्काल सुधार गर्न भनि सम्बन्धित निकायमा खबर गर्दा कुनै सुनुवाइ नै नभएको परिक्षामा सहभागि मध्ये इश्वरी भट्टराइले बताए । उनले परिक्षाको प्रश्नपत्र बारे इटहरीस्थित शिक्षा शाखा र अख्तियार दुरूपयोग अनुशन्धान आयोग इटहरीको सम्पर्क कार्यालयमा समेत बोदार्थ पत्र पठाइएको जानकारी गराए । आफुहरूको माग यथाशिघ्र सुनुवाइ नभए कानुनि प्रकृिया अनुसार अघि बढने परिक्षामा सहभागि भट्टराइले बताए ।

भट्टराई संगै परिक्षामा सहभागि भएका नौजनाले २८ गते शनीबार सामुहिक हस्ताक्षर सहितको बोदार्थ पत्र तयार पारी आइतबार सम्बन्धित कार्यालयहरुमा बुझाइ सकेका छन ।

यता यस बिषयमा राष्ट्रिय माविका प्रधानाध्यापक सरण कुमार बस्नेतले नेपालि बिषयकालागि लिएको परिक्षामा बितरण गरिएको प्रश्नपत्रमा कुनै त्रुटि नभएको र फोटोकपि गर्ने क्रममा केहि अक्षरहरू नबुझिएको तर त्यतिबेलै सबैलाइ जानकारी गराइ समस्या सुल्झाएको बताए । प्रअ बस्नेतका अनुसार बिज्ञहरूको उपस्थिति र उपमहानगरको शिक्षा शाखा अन्तरगत २ जना अधिकृतहरूको उपस्थितिमा प्रश्नत्रप बनाइएको जुन पारदर्शि रहेको दाबि गरे ।

१२ जना सहभागि मध्ये सोहि बिद्यालयमा कार्यरत एक शिक्षकले मात्रै न्युनतम पास माक्स अंक ल्याइ उतिर्ण भएपछि परिक्षार्थीहरूले यस्तो बखेडा झिकेको हुन सक्ने प्रअ बस्नेतले बताए । २०६८ साल देखि निजि श्रोतबाट सोहि बिद्यालयमा नेपालि र कम्प्युटर विषयको अध्यापन गराउदै आएका शिक्षक ज्ञानेन्द्र खत्रिलेमात्रै परिक्षामा न्युनतम पास माक्स ल्याएको र सोहि विषयमा परिक्षार्थीहरूले बखेडा झिकेको हुन सक्ने प्रअ बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस