पृथ्वीमान लिम्बुको म्युजिक भिडियो " आदाङ्बे..." सार्वजनिक

  • प्रकाशित मितिः चैत्र 31, 2077
  • 77 पटक पढिएको
  • प्रदेश दर्पण

 इटहरी । नयाँ वर्ष २०७८ काे पावन अवसर पारेर चर्चित गायक  पृथ्वीमान लिम्बुले आफ्नै शव्द-स्वर र संगितकुमार आँखेवाको लय संकलनमा अकस्टिक रेकर्डिङ्क स्टुडियमा उक्त  गितकाे भिडियाे दर्शक माझ सांगितिक काेशेलि स्वाेरूप सार्वजनिक गरेका हुन ।  पृथ्वीमानले यसअघि पनि पुर्वेली लोक भाकाको "मिरमिरे विहानी" बोलको म्युसिक भिडियो सार्वजनिक गरेका थिए ।
 
गायक पेशाले राष्ट्रसेवक भएतापनि आफ्नो बचेको समयलाई गित, संगित, साहित्य, कला र समाजसेवामा समर्पित गरेका छन् । नेपालमा सदियौ देखि लाहुँर जाने संकृति रहेको छ । लाहुँर जान विगतमा बाध्यता थियो तर अचेल यो रहर वा बाध्यता वा दुबै हुन सक्छ ।
 
यसै लाहुरे सस्कृति भित्रको माया-प्रेम, मिलन र विछोडमा आधारित रहेर रचना गरिएको लोक पप गितको भिडियो निर्देशन दिनेश माङ्मुले गरेका छन् ।
 
यस भिडियोमा गायक स्वयम पृथ्वीमान, विशाल सेनेहाँङ र सबु तामाङको मुख्य भुमिका रहेको छ भने राजेश, विशाल, माङ्कल, सन्जय, मुना, सुमिनाको साहायक भुमिका रहेको छ । यसको छाँयाकन ज्ञानेन्द्र शर्माले काब्रेपलान्चोकमा गरेका छन् । नयाँ बर्ष २०७८को पुर्वसन्ध्यामा रेन्बो रेज मिडियाबाट सार्वजनिक गरिएको छ ।
 
 
 

प्रतिक्रिया दिनुहोस