इटहरीको फोहोरमा घिन लाग्दाे राजनीति : उपमहानगरले सम्झौता अनुसार काम नगरेको आरोप

  • प्रकाशित मितिः बैशाख 3, 2078
  • 198 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । फोहोरबाट मोहर बनाउने योजना सहित निर्माण सुरू गरिएको अत्याधुनिक प्रशोधन केन्द्रको काम समयमै सम्पन्न हुन नसक्दा इटहरी भित्र फोहोर ब्यवस्थापनको मुद्धा थप जटिल बन्दै गएको छ । २०७४ साल देखि सुरू भएको निर्माण कार्य अन्तिम चरणमा आइपुग्दा स्थानीयले बिरोध सुरू गरेपछि इटहरीको फोहोर व्यवस्थापनमा थप जटिलता उत्पन्न भएको हो ।

हाल दैनिक जसो ३० ट्याक्टर बढी फोहोर संकलन भइ सुनसरीको चारकोसे झाडिमा बिसर्जन हुदै आएको छ । इटहरीको फोहोरलाइ मोहर बनाउने र बायोग्यास सहित उत्पादन गरि शय भन्दा बढीलाइ रोजगार दिलाउने योजना सहित खनारमा निर्माण भइरहेको प्रशोधन केन्द्र अहिले अन्तिम चरणमा आएर पुन अडकिएको छ ।

अन्तिममा आएर इटहरी उपमहानगरले सम्झौता अनुसार काम नगरेपछि स्थानीयहरूले निर्माणमा अवरोध पुर्याउन थालेका छन । केन्द्र सञ्चालनका लागि इटहरी उपमहानगरपालिका , बैकल्पीक उर्जा केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि बिच अग्रिम सम्झौता भएको थियो ।

सम्झौतामा उपमहानगरले स्थानीयहरूको लागि आवस्यक खेल मैदान बनाइदिने , कम्पाउण्ड लगाइदिने र बाटो बनाइदिने जस्ता बिषयहरूमा सहमति जनाएको थियो ।तर अहिले सम्झौता अनुरूप कुनै काम नभएको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिका अध्यक्ष मानध्वज मोक्तानले बताए ।

उपमहानगरले सम्झौता अनुसार काम नगरिदिदा फोहोर प्रशाधन केन्द्र निर्माण भएपनि सञ्चालन हुन नसक्ने मोक्तानको भनाइ छ । स्थानियहरूले पटक पटक त्यस क्षेत्रमा भौतिक संरचनाहरू निर्माणको माग गर्दै आएको र अझै पनि उपमहानगर मौन रहे प्रशोधन केन्द्रको काम समेत प्रभावित बन्ने अध्यक्ष मोक्तानको भनाइ छ ।

इटहरी उपमहानगरको २०वटै वडाबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्दै प्रशोधन गरि बायोग्यास र प्रांगारिक मल उत्पादन गर्ने गरि साडे १३ करोड लागतमा उक्त प्रशोधन केन्द्रको काम सुरू भएको थियो । उपमहानगरले गरेको सम्झौता अनुरूप समयमै काम भए आगामि असार देखि उक्त केन्द्र सञ्चालनमा ल्याउन सकिने वेस्ट एण्ड इनभारोका प्रवन्धक भरत गिरीले वताए ।

उनले प्रशोधन केन्द्र निर्माण नभए सम्मलाइ चारकोशेमा फोहोर ब्यवस्थापन गरिदै आएको तर त्यहा पनि स्थानीयहरूले पटक पटक बिवाद निकालेपछि इटहरीको फोहोर ब्यवस्थापन कहा गर्ने भन्ने विषय नै अन्यौलमा परिसकेको बताए । उपमहानगरले तत्काललाइ फोहोरहरू जंगलमा बिसर्जन गर्न स्थान देखाएपनि समस्या आउदा तर्किने प्रवितिले कम्पनि टाट पल्टिने अवस्था आएको प्रबन्धक गिरी बताउछन ।

उनले खुल्ला फोहोर फ्याक्दा विभिन्न किसिमका समस्या हुने तर्फ मध्यनजर गर्दै आफुहरुले नै स्काभेटरको प्रयोग गरेर पुर्दै आएको समेत गिरीले जानकारी दिए । फोहोर व्यवस्थापनका लागि त्रिपक्ष विच भएको सम्झौता अनुसार प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने मेशिनका लागि ४० प्रतिसत बैकल्पीक उर्जाले उपलव्ध गराउने सहमति अनुसार केही रकम उपलव्ध गराई सकेको छ । प्रशोधन केन्द्र निर्माण भई सञ्चालनमा आएपछि प्रत्येक दिन ३० टन फोहोर हालेर ८ सय केजी बायोग्यास र ६ टन प्रागारिक मल उत्पादन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस