इटहरीमा लागेकाे मेला प्रहरीले उठायाे : केचना मन्दिरमा ताला : भक्तजनहरूले बाहिरबाटै चढाए बैगुन 

  • प्रकाशित मितिः बैशाख 3, 2078
  • 1036 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । दोश्रो चरणको कोरोना कहरका कारण नेपाल सरकारले  सिरूवा पर्व लगायत भिडभाड हुन नदिन सतर्कता अपनाए संगै यो वर्ष पनि सिरूवा पर्व प्रभावित बनेको छ । नयाँ वर्ष २०७८को सुरूवात संगै सुरू हुने थारू जातिको पर्व सिरूवा यो वर्ष पनि खल्लो हुने भएको हो । 

कोरोनाको जोखिम कायमै रहेको कारण सुनसरी प्रसाशनले भिडभाड हुन नदिन तथा सिरूवा पर्व एवम सभा सम्मेलन हुन नदिन मातहतका प्रहरी कार्यालयहरूमा आदेश जारी गरेको थीयो । सोहि अनुरोध अनुसार इलाका प्रहरी कार्यालय इटहरीले आज शुक्रबार ३ गते लाग्ने टेंग्रा मेलालाइ भिडभाड हुन नदिन बिहानै देखि सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । 

बिहान ४ बजे देखि नै मेलामा खटिएको प्रहरीले प्राय जसो भिडभाड हुने स्थानहरूमा स्थानीयहरूलाइ जम्मा हुन दिएको छैन भने व्यवसायहरूलाइ ठाउ खालि गर्न अनुरोध गर्दै आएको छ । 
मेलामा धार्मक आश्था बोकेर आएका भक्तजनहरूलाइ कचना मन्दिर प्रवेशमा रोक लगाइएको छ भने मन्दिरको मुल गेटमा ताला लगाइएको छ ।

प्रहरीले मेलामा राखिएका सबै प्रकारका जिन्सि तथा खाद्यन्न व्यवसायिहरूलाइ पनि हटाएको छ । मन्दिर परिषरमा ताला लगाइएको कारण भक्तजनहरू रूस्ट हुदै पुजाका लागि ल्याइएका ुामग्रिहरू बाहिरबाटै चढाएर फर्किएका थिए । 

सरकारले कोरोनाको जोखिम देखाउदै सिरूवा लगायत सभा सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न आदेश जारी गरे बमोजिम इटहरीमा सोहि आदेश अनुसार काम गरेको इटहरी प्रहरीले बताएको छ ।

शुक्रबार बिहानै देखि प्रहरी परिचालन गरि सिरूवा लाग्न नदिन र अत्याधिक भिडभाड हुन नदिने सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै आएको इटहरी प्रहरीका सुचना अधिकृत प्रहरी निरिक्षक केशव कटुवालले बताए । प्रहरीले अवरोध पुर्याएको कारण बिहान बैगुन चढाउन आउने भक्तजनहरूको   भिड देखिए पनि दिउसो भने सो स्थान खालि हुदै गएको छ । 

प्रतिक्रिया दिनुहोस