शहिद स्कुल भ्रष्ट्रचार प्रकरण : अनियमितता लुकाउन प्रअ र लेखापाललाइ निस्कासन

  • प्रकाशित मितिः बैशाख 5, 2078
  • 289 पटक पढिएको
  • प्रदेश दर्पण

 इटहरी । सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुरस्थित शहिदका छोराछोरी पढने शहिद स्मृिति आवसिय माध्यमिक बिद्यालयको अनियमितता बारे समाचार बाहिरिएपछि बिद्यालय प्रसाशनमा खैला बैला मच्चिएको छ ।बिद्यालय भित्र भएको आर्थिक अनियमिताता लुकाउन र नीतिगत भ्रस्ट्रचारलाइ ढाकछोप गर्न प्रधानाध्यापक शिव चन्द्र राइ र लेखापाल लिलाराज काफ्लेलाइ शिक्षा नियमावली ऐन बिपरित बिद्यालय ब्यवस्थापन समितिले आ आफ्नो जिम्मेवारबाट निष्कासन गरेको छ ।

अनियमितता लुकाउन आफुहरूलाइ बिना सुचना र बिना कसुर दादा गिरी शैलिमा ब्यवस्थापन समितिले निष्कासन गरेको शहिद स्मृिति आवसिय माध्यमिक बिद्यालयका पूर्व लेखापाल लिलाराज काफ्लेले बताए । उनि २०६७ साल देखि उक्त बिद्यालयमा लेखापालको काम गर्दै आएका थिए ।२०६६ सालमा व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले विद्यालयकाे रकम रू २ लाख लगेका थिए । साे कुरा लामाे समय सम्म गुपचुप नै रहेकाे थीयाे ।

तर बिद्यालय श्रोतबाटै गिरिले रकम लगेको कुरा बाहिरिएपछि लेखापाल लगायत अन्य अभिभावकहरूले बिरोध स्वोरूप आवाज उठाउन थालेपछि आर्थिक अनियमितताको घटना बाहिरिएको थीयो । बिद्यालयको रकम फिर्ता गरिसकेको गिरिले बताएपनि अन्य आर्थिक कारोबारमा समेत गिरिले मनोमानी गरेको स्थानीय अभिभावकहरूले बताउदै आएका छन । 

कुनै पनि जिम्मेवारबाट पद मुक्त गर्न सर्वप्रथम मौखिक स्पस्टिकरण सोध्नुपर्ने हुन्छ त्यसपछि तिन पटक सम्म लिखित स्पस्टिकरण दिएपछि व्यवस्थापन समितिले निलम्बन्को प्रकृिया अघि बढाउनुपर्ने नियम रहेपनि कुनै नियमको पालना नगरी बिद्यालयका प्रअ राइ र लेखापाल काफ्लेलाइ ठाडो निर्देशनमा पद मुक्त गरिएको छ ।

बिद्यालयका निवर्तमान प्रधानाध्यापक शिव चन्द्र रायले पनि बिना कारण पदमुक्त गरी निस्कासन गरिएको प्रति आपत्ती प्रकट गर्दै बिदाइ नै गर्ने हो भने आफुलाइ सम्मानजनक ढंगले गरिनुपर्ने बताएका छन । बिना स्पस्टिकरण र शिक्षा नियमावली ऐन बिपरित ब्यवस्थापन समितिले गरेको निस्कासनले आफुहरू अन्यायमा परेको गुनासो गरेका छन । उनि सो बिद्यालयमा बिगत ७ वर्ष देखि प्रधानाध्यापकको रूपमा काम गर्दै आएका थिए ।

यता स्थानीय अभिभावकहरूले पनि बिद्यालयको स्थापना कालदेखि हाल सम्मको सम्पुर्ण आर्थिक कारोबार देखाउन माग गरेपछि ब्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले दादागिरी शैलिमा प्रअ राइ र लेखापाल काफ्ले बिरूद्ध पूर्वाग्राहि ढंगले लागेको आरोप लगाएका छन ।

स्थानीय अभिभावकहरूले बिद्यालय ब्यवस्थापन समितिले स्थापना कालदेखि नै आर्थिक अनियमितता गर्दै आएको आरोप सहित तत्काल हिशाब सार्वजनिक गर्न माग गर्दै आएका छन । अभिभावकहरूले ब्यवस्थापन समिति बिरूद्ध ज्ञापन पत्र बुझाउदै केहि दिन अघि बिद्यालय परिषदमा तालाबन्दि समेत गरेका थिए ।

द्वन्दकालको समयमा राज्य तथा तत्कालिन नेकपा माओवादिबाट घाइते एवम शहिद भएका परिवारको छोराछोरी पढाउने भनि स्थापना गरिएको शहिद स्मृिति आवसिय माध्यमिक बिद्यालयले नियम बिपरित आर्थिक कारोबारहरू गरेको र ब्यवस्थापन समितिको मिलेमतोमा लाखौ अनियमितता भएको अभिभावकहरूले आरोप लगाउदै आएका छन ।यता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरि संग सम्पर्क गर्दा मोबाइल ब्यस्तताका कारण कुनै कुरा हुन पाएन ।

प्रतिक्रिया दिनुहोस