इटहरी उपमहानगरकाे राजस्व कर्मचारीमा काेराेना , शाखाकाे सबै काम ५ दिन सम्म बन्द

  • प्रकाशित मितिः बैशाख 15, 2078
  • 311 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी / इटहरी उपमहानगरपालिका अन्तरगत राजस्व शाखामा कार्यरत एक कर्मचारीमा काेराेना भाइरस संक्रमण पुस्टि भएकाे छ । शाखाका प्रमुख नविन भट्टराइका अनुसार कर्मचारीमा काेराेना पुस्टि भएपछि राजस्वकाे कामहरू प्रभावित बनेका छन भने ५ दिन शाखाबाट सञ्चालित सबै प्रकारका सेवाहरू बन्द गरिएकाे छ ।

कर्मचारीकाे सम्पर्कमा अाएका सबैकाे कन्टयाक ट्रेसिङ भइरहेकाे उनले बताएका छन । वडामा भने राजस्व सम्बन्धिकाे सबै कामहरू सुचारू रहने पनि शाखा प्रमुख भट्टराइले बताए । यसैबिच इटहरी उपमहानगरले धकाेराेनाकाे जाेखिमलाइ मध्यनजर गर्दै तत्काल ५० शैयाकाे अाइसाेलेन सञ्चालनमा ल्याउने भएकाे छ । 

  इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिनुभयो ।

शव ब्यवस्थापनका लागि गाढने संस्कार भएकाहरुका लागि इटहरी २ स्थित जंगलमा र जलाउने सस्कारभएकाहरुका लागि इटहरी ११ स्थित वुढिखोला भागलपूर पुल उत्तर पटिट स्थान तोकिएको छ । २५ जना सम्म मात्र सहभागि भएर स्वास्थ्यका सवै मापदण्डहरु पूरा गरि अन्तिम सस्कार गर्नुपर्ने छ ।  

प्रतिक्रिया दिनुहोस