ठुला ब्यवसायि नै मान्दैनन प्रसाशनको निषेधाज्ञा : इटहरीमा  लुकेर व्यापार गर्ने ४५ जना व्यवसायी पक्राउ

  • प्रकाशित मितिः बैशाख 20, 2078
  • 841 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । जिल्ला प्रसाशन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको उलंघन गर्दै तोकिएको समय भन्दा बाहिर गएर ब्यवसाय सञ्चालन गर्ने इटहरीका ४५ जना व्यवसायीहरूलाइ इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिइ २ घण्टा उभ्याएर छोडेको छ । 

प्रहरीले इटहरीको मुख्य चौक , बिपि चौक , संगित चौक लगायतका क्षेत्रबाट नियम उलंघन गरि ब्यवसाय सुचारू गरेको पाइएपछि उनिहरूलाइ तत्काल नियनत्रणमा लिएको बताएको छ ।
 नियन्त्रणमा लिएका ४५ साना तथा ठुला ब्यवसायिहरूलाइ प्रहरी कार्यालयको प्रांगण बाहिर सामाजिक दुरी कायम गराइ २ घण्टा उभ्याइएको र एक पटकलाइ सचेतना जगाएर छाडिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपि अर्जुन केशिले बताए । 

प्रहरी गस्तिमा गएको बेला केहिले आधा सटर मात्रै खोलेर व्यसाय गरेको , केहिले बाहिरबाट लगाए जस्तो गरेर भित्र कारोबार गरिरहेको फेला पारेपछि उनिहरूलाइ तत्काल नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार प्रसाशनले जारी गरेको निषेधाज्ञालाइ स्थानीय सरकारले कडाइका साथ पालना गराउन नसक्दा ठुला व्यवसायिहरूनै नियम बाहििर गइ व्यवसायहरू सञ्चालन गरिरहेको पाइएको बताएको छ । 

आइतबार गस्तिको क्रममा प्रहरीले एक दर्जन बढि ठुला ब्यवसायहरूलाइ नियन्त्रणमा लिएको बताएपनि नामहरू भने उल्लेख गरेको छैन । साना तथा ठुला गरेर ४५ जनालाइ नियन्त्रणमा लियौ र २ घण्टा जति कोरोना संक्रमणबारे सचेतना जगाएर एक पटकलाइ चेतावनि दिदै छाडेका छौ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केशिले बताए । यसैबिच आइतबार नै नियम बिपरित सवारीसाधन सञ्चालन गरेको भन्दै इटहरी प्रहरीले २१७ वटा मोटरसाइकल २१ वटा तिन पांग्रे  र चारवटा निजि कारलाइ नियन्त्रणमा लिइ दिनभर होल्ड गराएको छ ।

आइतबार बिजोर नंको सवारी सञ्चालन हुनुपर्नेमा जोडि अंकको सवारीसाधनहरू राजमार्गमा गुडेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर होल्ड गराएको हो । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणलाइ समुदाय स्तरमा फैलन नदिन सचेतना जगाउदै जिल्ला प्रसाशनको कार्यालय सुनसरीले गत १७ गते मध्यरात १२ बजेबाट २४ गते सम्म् लागु हुनेगरी सुनसरीलाइ निषेधाज्ञा घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस