महामारीमा पनि सामाजिक काममा सकृिय तरूण दल सुनसरी : बाटाे हिडने बटुवा देखि भारि बाेक्ने सम्मलाइ मास्क बितरण

  • प्रकाशित मितिः बैशाख 21, 2078
  • 329 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । कोभिड १९को नयाँ भेरियन्ट जिल्लामा समेत फैलिरहेको तर्फ मध्यनजर गर्दै जिल्लाबासीहरूलाई स्वास्थ्य सुरक्षाका लागि नेपाल तरुण दल सुनसरीले मास्क वितरण अभियान सुरु गरेको छ ।

 कोरोना संक्रमण दर उच्च रहेको सुनसरी जिल्लामा स्वास्थ्य सुरक्षाका लागि स्थानीय प्रशासनले गत शुक्रवारबाट निशेधाज्ञा जारी गरेको छ,  त्यसैलाई मध्यनजर गर्दै नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको नेतृत्वमा स्वास्थ्य सुरक्षाका लागि मास्क वितरण गर्न अभियान थालेको हो ।

तरुण दलले जिल्लाका विभिन्न स्थानहरूमा मानव स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै मास्कका साथै सेनिटाइजर वितरण गर्न थालेको सभापति गुरुगंले जानकारी गराए । स्वास्थ्य सुरक्षाका लागि मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने कार्यलाई तरण दलले निरन्तरता दिने समेत सभापति गुरुङले वताए ।

जिल्लाका इनरुवा , रामधुनी , धरान , बराहक्षेत्र ,दुहवी लगायतका स्थानहरुमा तरुण दलका स्थानीय नेताहरुको सक्रियतामा मास्क सेनिटाइजर विभिन्न गर्न थालिएको छ । अघिल्लो वर्ष पनि कोरोना कहरका समयमा  तरुण दल सुनसरीले मास्क ,सेनिटाइजर , साबुन तथा लकडाउनका समयमा विपन्न परिवारका लागि खाद्यान्न राहत समेत वितरण गरेको थियो । जुनसुकै किसिमको विपदको समयमा  जिल्लावासीहरुलाई राहत वितरणमा तरुण दल सुनसरीले अग्रस्थानमा रहेर सामाजिक कार्य गर्ने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस