इटहरीमा अक्सिजन सहितको ४० बेडको आइसोलेसन...

  • प्रकाशित मितिः बैशाख 31, 2078
  • 113 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा कतिपय स्थानका अस्पतालहरुले अक्सिजन अभाव रहेको भन्दै विरामीहरु लिन नमानिरहेको समयमा सुनसरीको इटहरीमा अक्सिजन सहितको ४० बेडको आइसोलेसन सञ्चालनमा ल्याइने भएको छ ।

उद्योग वाणिज्य संघ इटहरीको अगुवाई तथा नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरी, इटहरी जेसिज , माडवारी सेवा समिति इटहरीको सहकार्यमा इटहरी १०मा रहेको पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटमा अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याउन लागेको हो ।

अक्सिजन सहितको आइसोलेसन सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले वताए ।उनले कोभिडका विरामीहरु विभिन्न अस्पतालहरुमा छटपटाई रहेको देखेर विरामीहरुलाई अक्सिजन सहितको सेवा दिने उद्धेश्यले आइसोलेसन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

उद्योग वाणिज्य संघ इटहरी लगायतले सञ्चालनमा ल्याउन लागेको आइसोलेसनमा स्वास्थ्यकर्मीहरुले समेत सेवा दिने जनाइएको छ ।सो आइसोलेसनमा खाना, बस्न तथा अक्सिजनसहितको निःशुल्क सेवा प्रदान गरिने समेत जनाइएको छ ।

आइसोलेसन सञ्चालन गर्न लागेको विषयमा स्थानीय प्रशासन , स्थानीय सरकारसंग समेत समन्वय गरिएको समेत जनाइएको छ ।स्थानीय सरकार र प्रशासनले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको वताइएको छ ।इटहरी रगंशालामा अघिल्लो दिन इटहरी उपमहानगरपालिकाले ५० वेडको आइसोलेसन सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस