महामारीमा मनलाग्दो ब्यापार : २४ घण्टामै २ गुणाले बढयो तरकारी र फलफुलको भाउ

  • प्रकाशित मितिः बैशाख 31, 2078
  • 167 पटक पढिएको
  • प्रदेश दर्पण

 इटहरी । दोश्रो चरणको कोरोना संक्रमण देखिएलगत्तै स्थानीय सरकार र जिल्ला प्रसाशन कार्यालय सुनसरीले निषेधाज्ञा जारि गरिरहेकै भेला इटहरीमा तरकारी र फलफुलको मुल्य २४ घण्टामै २ गुणाले बढेको छ ।

संक्रमण संगै मृत्युदर पनि उच्च बन्दै गएपछि सतरकता अपनाउदै इटहरी उपमहानगरले गत २९ गते देखि औषधि पसल बाहेक सबै व्यवसायहरू बन्द गर्ने निर्णय गरेपनि तरकारी बजार भने खुल्लै देखिएको छ । आइतबारे गुद्री र हटियालाइनको तरकारी बजारमा ब्यवसायिहरूले मनलाग्दो मुल्य राखेर तरकारीको कारोबार गरिरहेको तथ्य भेटिएको छ ।

उपमहानगरले २९ गते बिहान १० बजे देखि सबै ब्यवसाय बन्द गर्न भनेपनि तरकारी र फलफुल भने बिक्रिमा कुनै रोक लगाएको देखिएको छैन । २९ गते बिहान ४० रूपैया किलो रातो आले रहेको थियो भने ३० गते आइपुग्दा सोहि आलुको भाउ प्रतिकिलो ७० राखेर तरकारी ब्यवसायिहरूले मनोमानि गर्दै आएका छन ।

इटहरीको हटियालाइन र आइतबारेको गुद्रि बजारको तरकारी मुल्य पसलै पिच्छे फरक फरक रहेको पाइएको छ । आइतबारेस्थित फलफुलको मुल्यमा पनि एक रूपता देखिएको छैन । बुधबार बिहान प्रतिकिलो रू ४०० मा बिक्र हुदै आएको कालो अंगुर बिहीबार बिहान ६०० रूपैया प्रतिकिलो बनाइएको छ । त्यस्तै केरा प्रतिदर्जन ६०मा बिक्रि हुदै आएपनि बिहीबार सोहि केरा प्रति दर्जन १४० रूपैया प्रति दर्जनमुल्य राखेर बिक्रि गरेको पाइएको छ । त्यस्तै हटियालाइनस्थित तरकारी बजारको मुल्य आइतबारे गुद्रि भन्दा केहि कम भएपनि मुल्य बढाएर कारोबार भइरहेको प्रत्यक्ष पाइएको छ ।

बुधबार ५० रूपैया प्रति पाउ बिक्रि हुदै आएको च्याउ बिहीबार ७० रूपैया पाउ पुगेको छ भने सोहि च्याउको मुल्य हटियालाइनमा ६० राखिएको छ । हिजोको आजै तरकारी र फलफुलको मुल्य २ गुणाले बढेपछि खरिद गर्न आउने उपभोक्ताहरू पनि तिन छक्क परेका थिए ।

इटहरी ६ कि सिता सुवेदिले आइतबारेबाट प्रतिपाउ ५० ले आदाकिलो च्याउ किनेर लगेको र बिहीबार बिहान पुन लिन आउदा सोहि च्याउको मुल्य प्रतिपाउ ७० पुगेको बताइन । त्यस्तै प्रतिकिलो ८० रूपैयामा बिक्रि हुदै आएको लोकल टमाटर बिहीबार १२० रूपैया प्रतिकिलोले किनेको उनले बताइन ।

प्रसाशनले औषधि पसलबाहेक कुनै ब्यवसाय खोल्न नदिएपनि तरकारी र फलफुल लुकिछिपि ब्यवसाय हुदै आएको छ । यता यस बिषयमा इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतमले मंगलबार नै आपतकालिन बैठक बसेर इटहरीमा आगामि जेष्ठ ४ गते सम्म निषेधाज्ञा गरिएको अवस्थामा औषधि व्यवसायबाहेक कुनै पसलहरू नखोल्न आग्रह गरिसकेको बताउनुभयो ।लुकि कुकि व्यवसाय सुचारू गरेको पाइए कानुन अनुसार कार्वाहि गरिने पनि उपमेयर गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस