काेराेनाकाे हट स्पट बन्दै इटहरी : घरभित्रै सुरक्षित बसेका ३९ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मितिः बैशाख 31, 2078
  • 933 पटक पढिएको
  • प्रदेश दर्पण

 इटहरी । नयाँ भेरियण्ट सहितको कोरोना संक्रमणबाट सिंगो मुलुक अक्रान्त छ । त्यसमा पनि प्रदेश एकको मुख्य जिल्लाका स्थापित र बिकशित शहरहरू संक्रमणकै चपेटामा परिसकेका छन । बिगतको वर्ष देखिएको कोरोना संक्रमण भन्दा यो वर्ष देखिएको नयाँ भेरियन्ट सहितको संक्रमण चौगुणा प्राण घातक रहेको स्वास्थ्य बिज्ञहरूले पुस्टि गरिसकेका छन ।

यसैबिच प्रदेश एकको बिकशित शहरको रूपमा परिचित सुनसरीको इटहरीमा पनि दैनिक नयाँ भेरियन्ट सहितको कोरोनाबाट संक्रमित हुनेहरूको संख्या दैनिक दुइ गुणाले बढेिरहेको पाइएको छ । इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार शहरमा नयाँ भरियन्ट सहितको कोरोनाबाट संक्रमित हुनेहरूको संख्या दैनिक उकालो लागिरहेको र यहि अवस्था आइरहे उपमहानगरमा मृत्युदर पनि बढने खतरा देखिएको बताइएको छ ।

इटहरीमा बुधबार राति सम्म नयाँ भेरियन्ट सहितको कोरोनाबाट संक्रमण हुनेहरूको संख्या ७१३ पुगिसकेको स्वास्थ्य शाखाले जनाएको छ । त्यसै गरी संक्रमित मध्ये ९ जनाको मृत्यु भइसकेको पनि उपमहानगर स्थित स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

संक्रमित ७१३ मध्ये सुरक्षा सतर्कता अपनाएर घरभित्रै बसेका ३९ जनामा पनि कोरोना संक्रमण पुस्टि भएको पाइएको छ । स्वास्थ्य मापदण्ड अपनाएर घरमै नियमित सरसफाइ र सुरक्षित ढंगबाट बसेका ३९ जनामा नयाँ भेरियन्ट सहितको कोरानो संक्रमण पुस्टि भएको पाइएकाे हाे । 

संक्रमित मध्ये घरमै सुरक्षित बसेका एक सञ्चारकर्मि सहित ३९ जनामा नयाँ भेरियन्ट सहितको कोरोना पुस्टि भएको हो । मलाइ कुनै लक्षण देखिएन र घरबाट पनि बाहिर निस्किएको छैन तर पनि कसरी संक्रमण पुष्टि भयो आफै छक्क परिराछु सञ्चारकर्मि खगेन्द्र कार्कि बताउनुहुन्छ । उहा स्वतन्त्र पत्रकार संघ सुनसरीका अध्यक्ष समेत हुनुनुन्छ । उहा अहिले होम आइसोलेसनमा रहनुभएको छ ।

उहा जस्तै बाकि ३८ जना मध्ये धेरैले लक्षण नदेखिएपनि परिवारका सदस्यहरूको कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब परिक्षण गर्दा रिपोर्ट पमेजेटिभ आएको तर अहिले सम्म स्वास्थ्य अवस्था एकदम फुर्त रहेको बताएका छन । सुरूमा परिवारकाे ज्येष्ठ सदस्यलाइ काेराेना संक्रमण पुस्टि भए लगत्तै हाेम अाइसाेलेसनमा राखिएकाे र त्यहि समय देखिनै सुरक्षा सतरकता अपनाएरकाे तर परिक्षण गर्दा काेराेना पाेजेटिभ देखिएपछि अाफै छक्क परेकाे इटहरी ६ का एक संक्रमितले अाफ्नाे नाम नबताउने सर्तमा भने । 

कन्ट्रयाक्ट ट्रेसिङकै अाधारमा संक्रमण पुस्टि भएपनि अहिले सम्म स्वास्थ्य स्थित स्वत फुर्त रहेकाे उनले बताए । यता अहिले देखिएकाे दाेश्राे लहरकाे काेराेना साेचे भन्दा खतरनाक रहेकाे इटहरी अस्पतालका इमरजेन्सि शाखा प्रमुख रामकुमार धमला बताउनुहुन्छ ।  'तथ्य र खाेजअनुसन्धानलाई विश्लेषण गर्दा काेभिडकाे भाईरस हावावाट सर्छ। जस्काे घरमा वेल भेन्टिलेशन छैन । त्यहा रहने सवैलाई सक्रमणमा पारेकाे छ । यसर्थ ,मेराे वुझाई अव WHO ले समेत जनस्वास्थ्यकाे मापदण्डहरुलाई माेडिफाईड गर्नु पर्छ।''उनले थपे ! 

इटहरीमा बुधबार राति सम्म नयाँ भेरियन्ट सहितको कोरोनाबाट संक्रमण हुनेहरूको संख्या ७१३ पुगिसकेको स्वास्थ्य शाखाले जनाएको छ । त्यसै गरी संक्रमित मध्ये ९ जनाको मृत्यु भइसकेको पनि उपमहानगर स्थित स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस