महामारी बिच असक्त परिवारलाइ खाद्यन्न जुटाउदै तरूण दल : मनकारीहरूबाट सहयोग जुटदै 

  • प्रकाशित मितिः जेठ 8, 2078
  • 350 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । कोरोना संक्रमण र स्थानीय सरकार संगै प्रसाशनले जारी गरेको लकडाउनलाइ मध्यनजर गर्दै गत एक साता देखि बिपन्न तथा अशक्तहरूलाइ खाद्यन्न लगायत स्वास्थ्य सामग्रिहरू बितरण गर्दै आएको नेपाल तरूण दल सुनसरीको अभियानलाइ बिभिन्न स्तरबाट सहयोग जुटन थालेको छ ।

यसै बिच गुरूङको अभियानलाइ सार्थकता दिन इटहरी ४का  सन्तोष थापा ,आलोक रिजाल र गणेश कार्किले आ आफ्नो तर्फबाट सक्दो सहययोगको प्रतिवद्धता जाहेर गर्दै खाद्यन्न जुटाएका छन । त्यसैगरी इटहरी घर भएका तर हाल मेलेशियामा रहेका हेमन्त राइले पनि गुरूङको अभियानलाइ साथ दिदै सहयोग जुटाएका छन । गुरूङको अभिययानलाइ इटहरीको सन्तोषले ४ बोरा आलु , आलोकले ४ कार्टुन तेल , गणेशले ५ बोरा नुन र हेमन्तले १ क्विन्टर चामल सहयोग गरेका छन ।

कोरोना महामारी बिच सरकारले जारी गरेको निषेधाज्ञा संगै राहत बितरणमा समेत बन्देज लगाइरहेकाे बेला पछिल्लो समय अशक्त परिवार , बिपन्न वर्ग र निमुखा मज्दुरहरू प्रत्यक्ष मार्कामा परेका छन । संक्रमण फैलिरहेको बेला लकडाउनका कारण कुनै बिपन्न वर्ग तथा मज्दुर एवम अशक्त परिवारहरू भाेकै नरहुन भन्ने उद्ेश्यका साथ उनिहरूकाे पहिचान गरि तरूण दल सुनसरीका अध्यक्ष शिजन गुरङले एक साता देखि घर घर पुगेर राहत बितरण गर्दै आएका छन । 

प्रतिक्रिया दिनुहोस