लकडाउनमा इटहरी भित्र २६ अपराध : एक महिनामा ४ वटा बलात्कार : ५ जना पक्राउ

  • प्रकाशित मितिः जेठ 19, 2078
  • 380 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमलाइ न्युनिकरण गर्न जिल्ला प्रसाशन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आज जेस्ठ १९ गते ३५ दिन पुरा भएको छ ।

 उक्त अवधिमा इटहरीभित्र २५ वटा अपराधका घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रसाशनले जारी गरेको निषेधाज्ञा अन्तरगत सोहि अवधिमा इटहरी भित्र धेरैजसो आत्महत्या, चोरी र बलात्कार जस्ता जघन्य अपराधका घटना भएको इटहरी प्रहरीले जनाएको छ ।

गएको बैशाख १७ गते यता इटहरी प्रहरीमा सबैभन्दा बढी ८ वटा आत्महत्याका घटना दर्ता भएका छन भने दोश्रोमा जबरजस्ति करणि ४ वटा दर्ता भएका छन भने घटनामा संलग्न ५ जनालाइ पक्राउ गरी कार्वाहि चलाएको छ ।

 त्यसैगरी अभद्र ब्यवहार सम्बन्धि ३ वटा घटना दर्ता भएका छन भने त्यसमा संग्न ४ जनालाइ पक्राउ गरिएको जनाइएको छ ।  लकडाउनकै समयमा इटहरीभित्र ४ वटा चोरीका अपराध भएको प्रहरी बिवरणले उल्लेख गरेको छ भने सोहि घटनामा संलग्न ५ जनालाइ पक्राउ गरि कार्वाहि चलाइसकिएको छ ।

त्यस्तै सोहि अवधिमा कर्तव्य ज्यान  र भवितब्य ज्यान सम्बन्धि एक एक घटना दर्ता भएका छन भने  सोहि  घटनामा संलग्न ४ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय इटहरीको बिवरण अनुसार बिभिन्न अपराधिक गतिविधिमा संलग्न २९ जनालाइ पक्राउ गरी कानुनत कार्वाहि गरिएको छ । जसमा बालबिवाह गर्ने र गराउने ५ जना , ज्यान मार्ने उद्योगमा एक जना , सवारी दुर्घटनामा संलग्न २ अंगभंगमा एक जना रहेका छन ।

यसै बिच प्रसाशनले जारी गरेको निषेधाज्ञालाइ नियम सम्वत पालना गर्न र गराउन इलाका प्रहरी कार्यालय इटहरीले नियमित अनुगमनलाइ समेत प्रभावकारी बनाएको बताएको छ ।

 ग्रामिण भेग देखि शहरी क्षेत्रमा प्रहरी संख्या बढाएर नियमित निगरानी गर्न थालिएको र निषेधाज्ञा उलंङघन गर्ने जो कोहिलाइ पनि नियन्त्रणमा लिइ जरिवाना तिराइने गरेको इटहरी प्रहरीका प्रमुख डिएसपी अर्जुन केशिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस