बाहिर कुरूवा राखेर भित्र ब्यापार गर्ने ३८ ब्यवसायी पक्राउ : इटहरीमा निषेधाज्ञा उलङघन गर्ने ६८१ जना नियन्त्रणमा

  • प्रकाशित मितिः जेठ 21, 2078
  • 923 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी  । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणको दर उच्चे बनेपछि नियन्त्रणकालागि प्रसाशनले जारी गरेको निषेधाज्ञाको उलङघन गरेको भन्दै इटहरीबाट ६८१ सर्वसाधरण तथा व्यवसायिहरूलाइ प्रहरीइले नियन्त्रणमा लिइ जरिवाना तिराएर छाडेको छ ।  इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार निषेधाज्ञा सुरू भएको भोलिपल्ट वा बैशाख १५ देखि जेस्ठ १९ गतेको अवधिमाउपमहानगर क्षेत्रबाट ६८१ जनालाइ नियन्त्रणमा लिइ रू १ शय जरिवाना तिराइ छाडिएको हो । 

दोश्रो चरणमा देखा परेको र समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणलाइ न्युनिकरण गर्ने उद्येश्यका साथ जिल्ला प्रशासन कार्यालय सुनसरीले गत बैशाख १४ गते देखि जिल्लामा कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । निषेधाज्ञालाइ कडाइकासाथ पालना गराउन सम्बन्धित प्रहरी कार्यालयहरूमा गरेको पत्राचार अनुसार नै उलंघन गर्नेहरूबिरूद्ध कार्वाहि अभियान चलाएको प्रहरीले इटहरीबाट मात्रै एक महिनाको अवधिमा ६८१ जना ब्यवसायि तथा सर्वसाधरणलाइ नियन्त्रणमा लिएको हो ।

इटहरीमा निषेधाज्ञाको उलंघन गर्ने सर्वसाधरण भन्दा बढी व्यवसायीहरू रहेको प्रहरीले जनाएको छ । ६८१ मध्ये २५६ जना सर्वसाधरण रहेको र ३०० भन्दा बढी व्यवसायीहरू रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । त्यसमा पनि कोरोना नियन्त्रणका लागि अध्यादेश जारी भए यता मात्रै ३८ जना ब्यवसायिहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  

बाहिर प्रहरी आएको सुचना दिने कुरूवा राखेर भित्र लुकिछिपि ब्यवसाय गर्ने ३८ जना व्यवसायिहरलाइ अध्यादेश जारी भएयता नियन्त्रणमा लिइ जिल्ला प्रसाशन कार्यालय सुनसरी पठाइएको र ३ हजार रूपैया देखि ६ हजार सम्मका दरले जरिवाना तिराइ छाडिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केशिले बताउनुभयो । पटक पटक चेतावनि दिदा पनि अट्टेर गरेर व्यवसाय गर्ने अझ कुरूवा नै राखेर ब्यापार गर्ने व्यवसायिहरूलाइ प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रसाशन कार्यालय पठाउने गरेको डिएसपी केशिले बताए । 

प्रतिक्रिया दिनुहोस