इटहरीमा सुतेकै ठाउमा महिलाकाे मृत्यु : श्रीमान भन्छन 'राति खाना खाएर सकुशल सुतेकि थीइन्' !

  • प्रकाशित मितिः जेठ 27, 2078
  • 1776 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरी ४ बगैचाटोल स्थित एक स्थानीयको घरमा डेरा गरी बस्ने अन्दाजि ३५   वर्षकि महिला सुतेकै ठाउमा बिहीबार मृत भेटिएकि छिन । खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्याक्तिको घरमा डेरा बस्दै आएकि ३५ वर्षिया सुनिता राइ सुतेकै ठाउमा मृत भेटिएकि हुन ।

राति खाना खाएर सकुशल सुतेकि श्रीमति बिहान अबेर सम्म पनि नउठेपछि उठाउन पुग्दा मृत अवस्थामा फेला परेको उनका श्रीमानलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

राति सकुशल सुतेकि श्रीमति बिहान मृत भेटिएपछि गाउलेहरू अचम्ममा परेका छन भने केहिले हत्या आशंका समेत गरेका छन।घटनाको अवस्था हेर्दा हत्या भए जस्तो नदेखिने तर अनुशन्धान भइरहेकोले अहिले नै के हो भन्न नमिल्ने इटहरी प्रहरीले बताएको छ । मृत भेटिएकि महिलाको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि प्रतिस्ठान लगिएको इटहरी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस