मज्दुर तथा बिपन्नलाइ लायन्स क्लव अफ इटहरी मेल्भिन्स जोन्सद्वारा खाद्यन्न सहयाेग

  • प्रकाशित मितिः जेठ ३०, २०७८
  • 273 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । निशेधाज्ञाको समयमा काम नपाएर समस्यामा पर्दै आएका दैनिक ज्यालादारीका काम गर्ने मजदुर तथा विपन्न परिवारका २३ परिवारलाई लायन्स क्लव अफ इटहरी मेल्भिन्स जोन्सले खाद्यान्न सहयोग गरेको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रका मजदुर तथा विपन्न परिवारलाई लायन्स क्लव अफ इटहरी मेल्भिन्स जोन्सले छाक टार्न समस्या नहोस भनेर खाद्यान्न उपलव्ध गराएको हो । लायन्स क्लव अफ इटहरी मेल्भिन्स जोन्सका अध्यक्ष रितेश श्रेष्ठको घरमा स्वास्थ्य सुरक्षा अपनाउदै वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५केजी चामल , १ केजी दाल १ केजी नुन १ पोका तेल वितरण गरिएको बरिष्ठ उपाध्यक्ष मिनकुमार मगरले जानकारी दिए ।

कोरोना कहरकै समयमा गठन भएको भएपनि लायन्स क्लव अफ इटहरी मेन्भिन्स जोन्सले स्वास्थ्य सुरक्षा सामाग्री ,खाद्यान्न लगायतका वितरण गर्दै आएको छ भने आगामी दिनहरुमा पनि सामाजिक कार्यमा सक्रियताका साथ सहभागिता जनाउने समेत अध्यक्ष श्रेष्ठले वताए । खाद्यान्न वितरण कार्यक्रममा लायन्स क्लव अफ इटहरी मेल्भिन्स जोन्सका द्धितिय उपाध्यक्ष दिपक काफ्ले ,तृतिय उपाध्यक्ष नेत्र चौलागाई ,सचिव रुपक थापा कोषाध्यष कमल राना र समाजसेवी चन्दबहादुर गुम्जेनको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस