२ अर्ब बढिको बजेट ल्याउँदै इटहरी उपमहानगर : पुरानै बिकाशे योजनालाइ प्राथमिकता

  • प्रकाशित मितिः असार ९, २०७८
  • 298 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । नयाँ आर्थिक वर्ष २०७८÷८९का लागि इटहरी उपमहानगरले २ अर्ब बढिको बजेट ल्याउने तयारी थालेको छ ।चालु आर्थिक वर्षको लागि एक अर्ब ७८ करोडको बजेट बिनियोजन गरेको उपमहानगरले आउँदो वर्षका लागि आकार बढाएर २ अर्ब ३० करोडको हाराहारीमा नयाँ बजेट ल्याउने तयारी थालेको हो । चालु वर्षमा बिनियोजन गरिएको बजेट मध्ये करीब ३० करोड रूपैया कोरोना कहर बिच खर्च हुन नपाएको कारण आर्थिक वर्ष २०७८÷७९ मा बजेटको आकार बढेर २ अर्ब ३० करोडको हाराहारीमा पुग्ने उपमहानगरले जनाएको छ ।

असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था भएकोले तयारी थालिएको इटहरी उमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताउनुभयाे । आगामी आर्थिक वर्षको बजेटमा पुरानै बिकाशका आयोजनाहरूलाइ प्राथमिकतामा राखिएको उपमेयर बताउनुहुन्छ । अहिले देखिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण नियन्त्रणलाइ प्रमुख प्राथमिकता दिदै अघिल्लो वर्षहरूमा पुरा नभएका बिकाशका योजनाहरूलाई आगामी वर्षमा सम्पन्न हुनेगरी काम अघि बढाइने उपमेयर गाैतमले बताउनुभयाे ।

कोरोना कहरका कारण इटहरीमा रोकिएका तिन ठुला महत्वपुर्ण आयोजनाहरु यस वर्ष देखि सञ्चालनमा आउने गरी काम थालिने बताइएको छ । ६ लेन राजमार्गको कारण देखिएको पार्किङ समस्यालाइ मध्यनजर गर्दै स्मार्ट पार्किङको योजना नयाँ आर्थिक वर्षमा पनि प्राथमिकताका साथ राखिएको उपमेयर गौतमले बताउनुभयाे ।त्यस्तै गरी उपमहानगर क्षेत्रमा नगर वस सञ्चालन, रात्रि बजार, गोलचौकमा बिश्व मानचित्रमा नेपाल देखिने नेपालको नक्सा सहित पृथ्वी आकारको स्मारक निर्माण जस्ता योजनाहरू पनि प्राथमिकतामा राखिएको छ । त्यस्तै चालु आर्थिक वर्षमा सम्पन्न नभएका कल्भर्ट, राजमार्ग निर्माणका कामहरूलाइ आगामी वर्षको बजेटमा प्राथमिकता दिदै काम अघि बढाइने बताइएकाे छ ।

गत वर्षको तुलनामा यस वर्ष उपमहानगरमा राजस्व संकलनमा गिरावट देखिएपनि खर्च नभएका रकमलाइ यहि आउने आर्थिक वर्षमा जोड्दै महत्वपुर्ण आयोजनामा खर्च गरिने उपमहानगरले जनाएको छ । गत वर्ष २०७६÷७७ मा १८ करोड सम्मको राजस्व संकलन गरेको उपमहानगरले चालुवर्ष १६ करोड ८८ लाख ३ हजार मात्रै राजस्व संकलन गरेको राजस्व शाखाका प्रमुख नविन भट्टराइले बताए ।

करिब ३८ करोड राजस्व संकलनको लक्ष्य बोकेको उपमहानगरले यो वर्ष कोरोना कहरकै कारण ब्यापार खस्किदा राजस्व पनि गुमेको शाखाका प्रमुख भट्टराइ बताउँछन । चालु वर्षमा उपमहानगरले १ अर्ब ७८ करोडको बजेट बिनियोजन गरेकोमा कोरोना कहरका कारण ५७ प्रतिशत मात्रै खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस