पञ्चकन्या मन्दिरकाे साताै वार्षिकाेत्सव सम्पन्न 

  • प्रकाशित मितिः असार २२, २०७८
  • 281 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरी ४ स्थित पञ्चकन्या देवि मन्दिरको सातौ वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । बि।स।२०७१ साल असार २२ गते निर्माण भएको मन्दिरको सातौ वार्षिकोत्सवको अवसरमा भजन कृतन ,सामान्य पुजा पाठ तथा प्रसाद बितरण गरिएको थियो  ।

मन्दिरका संस्थापक संरक्षक तथा सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष एवम सकृिय समाजसेवि राजु थापाको उपस्थितिमा मन्दिरको सातौ वार्षिकोत्सव सम्पन्न भएको हो । 

पाचवटा देविहरूको मुर्ति स्थापना गरी नियमित पुजाआजा हुदै आएको पञ्चकन्या मन्दिर  इटहरीस्थित नेपाली सेनाको पुर्वि पृतना मुख्यालयका तत्कालिन पृतनापति बिनोज बस्न्यातले उदघाटन गरेका थिए ।

नेपालमा दिगो शान्ति तथा कोरोना संक्रमण चाडै न्युनिकरणको प्राथना गर्दै मन्दिरमा पुजारिहरू सहितको उपस्थितिमा पुजा पाठ गरिएको संस्थापक संरक्षक राजु थापाले बताए ।

सातौ वार्षिकोत्सवमा इटहरीका युवा व्यवसायी तथा सकृिय समाजसेवि प्रकाश महतोले समय र परिस्थिति अनुसार चाहेको खण्डमा जस्तोसुकै सेवा गर्न आफु तल्लिन हुने प्रतिवद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस