इटहरी । पछिल्लो केहि समय यता इटहरीमा अवैध लागुऔषधको कारोबार निकै बढेको इटहरी प्रेहरीको तथ्यांकले देखाएको छ । सुनसरीसंग जोडिउका खुल्ला भारतीय नाकाहरूका कारण नेपाली बजारमा अवैध लागु औषधको कारोबार बढेको तथ्यांकले देखाएको छ । खुल्ला सिमानाकै कारण इनरूवा , भण्टावारी , हरिनगरा र मोरङको बिराटनगरस्थित जोग्वनि नाकाबाट अवेध लागु औषध इटहरी हुदै सुनसरीको बिभिन्न बजार सम्म पुग्ने गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।
यसै बिच इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न प्रकारका अवैध लागु औषध तथा खैरो हिरोइन सहित नौ जनालाइ नियन्त्रणमा लिइ आइतबार सार्वजनिक गरेको छ । प्रहरीले बेग्ला बेग्लै मितिमा उनिहरूलाइ पक्राउ गरी आइतबार दिउसो सार्वजनिक गरेको हो ।
प्रहरीले असार २५ गते राती ११ ः४५ बजे इटहरी ५ स्थित चमेना फाल्चा होटल एवम लजबाट ४ जनालाइ अवैध लागुऔषध सहित नियन्त्रनमा लिएको छ । पक्राउ पर्नेमा बारा निजगढ १घर भइ हाल इटहरी ५ बस्ने १९ वर्षिय बिवेक बस्नेत , सोहि स्थानका २७ वर्षिय दिपक भनिने बिरेन्द्र राइ , लाइ नियन्त्रणमा लिएको थीयो । उनिहरूको साथबाट प्रहरीले ५६ ग्राम,२०० मिलिग्राम अवैध लागु औषध (खैरो हिरोइन ) तौल नाप्ने डिजिटल उपकरण एक थान , बिभिन्न कम्पनिका मोबाइलहरू ३ थान , को ३६ प ६३९६ नंको मोटरसाइकल र नगद रू २०० बरामद गरेको छ ।
यसैबिच सोहि दिन इटहरी ४ लालिगुरास टोल बस्ने २३ वर्षिय बिवेक खडकालाइ पनि अवैध लागुऔषध (खैरो हिरोइन सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनको साथबाट प्रहरीले २९ ग्राम (८०० मिलिग्राम) र मोबाइल सेट एक थान बरामद गरेको जनाएको छ ।
त्यस्तै प्रहरीले पुर्व पश्चिम राजमार्ग अन्तरगत इटहरी ५ स्थित महेन्द्र पेट्रोल पम्प नजिकैबाट २ जनालाइ अवैध लागुऔषध सहित नियन्त्रणमा लिएको जनाएको छ । उनिहरूलाइ गत असार २७ गते पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा कोशि गाउपालीका ५ निवासी २२ वर्षिय मनिर उदिम मिया र इनरूवा नगरपालिका ३ निवासी ५७ वर्षिय नारायण प्रसाद सिवाकोटि रहेको इटहरी प्रहरीले जनाएको छ । उनिहरूको साथबाट प्रहरीले(Nitrosun) एकहजार ट्याब्लेट , बिभिन्न कम्पनिको मोबाइल सेट २ थान र नगद रू ४० हजार ५ सय बरामद गरेको जनाएको छ ।
त्यस्तै प्रहरीले लागुऔषध कारोबारि बिरूद्ध अप्रेसन चलाइरहदा असार २५ गते ३ जनालाइ अवैध लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ९ का सुनिल तामाङ ,सन्दिप चौधरी र प्रताप तामाङ रहेका छन । उनिहरूको साथबाट प्रहरीले जम्मा २ ग्राम ३२९ मिलिग्राम अवैध लागुऔषध ( खैरो हिरोइन ) बरामद गरेको जनाएको छ ।
यसैबिच प्रहरीले लागुऔषध बिरूद्ध अभियान चलाइरहदा नौ दिनको अन्तरालमा १४ जनालाइ नियन्त्रणमा लिएको जनाएको छ । इटहरीको बिभिन्न स्थानबाट बेग्ला बेग्लै मितिमा उनिहरूलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केशीले बताए । प्रहरीले गत असार १८ गते देखि २७ गते सम्म चलाएको अप्रेसनमा १४ जना पक्राउ परेको र उनिहरूलाइ जिल्ला अदालतबाट म्याद थप गरी आवस्यकिय अनुसन्धान गरिरहेको प्रहरी प्रमुख केशिले बताए ।
प्रतिक्रिया दिनुहोस
इटहरी । सुनसरीको इटहरीबाट प्रहरीले अवैध लागुऔषध ... ... ...
इटहरी । सुनसरीको इटहरीस्थित सार्वजनिक बचत तथा ऋ... ... ...
तारा भट्टराई इटहरी । इटहरी २० तरहराकी पार्वता ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved