बिपन्नका लागि भग्वान बन्दै सेनाको सर्पदंश उपचार केन्द्र  : एक वर्षको अवधिमा १३०० बढिले पाए नयाँ जिवन

  • प्रकाशित मितिः असार 30, 2078
  • 1045 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी । सप्तरीको राजबिराज नगरपालिका २ का ३८ वर्षिष कैलेश देवले फेरी पनि नयाँ जिवन पाउने आशा गुमाइसकेका थिए । गत ७७ को भदौ महिनामा उनलाइ बिशालु सर्पले डसेको थियो ।  सामान्य मज्दुरी गरेर जिविकोपार्जन गर्दे आएका उनलाइ तत्काल उपचारको निमित्त इटहरीस्थित नेपाली सेनाको पुर्वि पृतना मुख्यालयकै हाताभित्र सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्र ल्याइ उपचार गरियो ।सौचालय बसेर  फर्कने। क्रममा उनलाइ बिसालु सर्प गोमनले देब्रे खुट्टाको गोलिगाठो नजिक डसेको थीयो । उनलाइ आठ घण्टा सम्म   कक्षमा राखेर नियमित हेरबिचार र उपचार गरेपछि नयाँ जिवन प्रदान गरिएको थियो । गाउलेहरूले अब बाच्दैन भनेको देवले सेनाको उपचारबाट नयाँ जिवन पाएका थिए । सेनाले उनको परिवारको अवस्थालाइ मध्यनजर गर्दै निशुल्क उपचार गरिदिएको थीयो ।  

त्यस्तै धनकुटा मुलघाटका ४१ वर्षिय समिर लिम्बुले पनि आफे फेरी नयाँ जिवन पाउने आश गुमाइसकेका थिए । चौपायालाइ घास काटने क्रममा दाहिने हातको बुढि औठामा बिसालु सर्पले डसेपछि उनलाइ गत ७७ फागुनमा सामुदायिक सर्प दंस उपचार केन्द्र ल्याइएको थीयो ।करिब १० घण्टाको सफल उपचारपछि उनले नयाँ जिवन पाएका थिए । सोचे भन्दा कम खर्चमा उपचार भएपछि उनि लगायत उनको परिवार निकै खुशि हुदै घर फर्किएका थिए । 

त्यस्तै मोरङ रंगेलीका १७ वर्षिय रविन्द्र निरौलाको कथा भने अलि फरक छ । घरभित्र छिरेको बिसालु गोमन समात्न खोज्दा उनलाइ देब्रे हातको नारीमा डस्न पुगेको थियो ।परिवारले बचाउन नसकिने भन्दै माया मारिसकेको छोरालाइ नेपाली सेनाको सर्पदंश उपचार केन्द्रले नयाँ जिवन दिदा पहिलो पटक सर्पले डस्दा उपचार पाइदो रहेछ भन्ने ज्ञान पाएका थिए । अघिल्लो वर्ष सोहि स्थानमा सर्पले डसेर ४ जना वालकले ज्यान गुमाएका थिए । 

11 नेपाली सेनाको पृवि पृतना मुख्यालय अन्तरगत सञ्चालनमा ररहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पको डसाइबाट गम्भिर बनेकाहरूलाइ सहज रूपमा उपचार गर्दै आएको छ । विसं २०६९ देखि नेपाली सेनाको सहयोगमा सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि जस्तोसुकै बिसालु सर्पले डसेपनि सहज रूपमा उपचार हुन थालेको हो । 

बिगतमा सर्पले डसेमा उपचार पाइन कठिन थियो । अस्पतालहरू चहार्दा चाहार्दै बिरामिले अकालमै ज्यान गुमाउनुपरेको अवस्थालाइ मध्यनजर गर्दै इटहरीमा सुविधा सम्पन्न सामुदायिक सर्पदंश उपचार केन्द्रका स्थापना गरिएको थीयो । स्थापना कालदेखि अहिले सम्म करीब १२ हजारले केन्द्रबाट सफल उपचार गराइ नयाँ जिवन पाइसकेको सामुदायिक सर्पदंश उपचार केन्द्रको तथ्यांकले देखाएको छ । सो अवधिमा ११,८२७ ( एघार हजार आठ सय सत्ताइ ) जनाले सफल उपचारपछि नयाँ जिवन पाएका हुन । जसमा बिशालु सर्पको डसाइबाट सफल उपचार पछि  ८९८ जनाले नया जिवन पाएका छन भने सामान्य सर्पको डसाइबाट १०,९२९ जनाको सफल उपचार भएको केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ । 

ss त्यस्तै गत वर्ष २०७७ को साउन देखि २०७८को असार २९ गते सम्ममा १३४० जनाको सफल उपचार भएको सामुदायिक सर्पदंश उपचार केन्द्रले बताएको छ । जसमा बिशालु सर्पको डसाइबाट १०८ जना अशक्त बनेकोमा उनिहरूको सफल उपचार भएको र अबिसालु तर्फ १२३२ जनाको सफल उपचार भएको जनाइएको छ । त्यसमा बढिजसो बालबालिकाहरू प्रभावित बनेको तथ्यांकले देखाएको छ । एक वर्षको अवधिमा १७ वर्ष मुनिका बालबालिकाहरू बिसालु सर्पको डसाइबाट गम्भिर बनेको र उनिहरूको सफल उपचार भएको तथ्यांकले देखाएको छ । सो अवधिमा २०३ जना बालबालिकाहरूलाइ सर्पले डसेको र केन्द्रबाट सफल उपचार पाएको बताइएको छ ।

जसमा १० देखि १७ वर्ष सम्मको बालक तर्फ ११० जना र बालिका तर्फ ९३ जना रहेको तथ्यांकमा देखिन्छ । अरू समय भन्दा वर्खाको बेला सर्पहरूको बिगबिगि बढने र सर्पदंशका बिरामिहरूको संख्या बढने गरेको सामुदायिक सर्पदंश उपचार केन्द्रका उपाध्यक्ष राजु थापाले बताए । भारतको बिहार , सुपौल बिरपुर हुदै २ नं प्रदेशका सिरहा , लहान , सप्तरी लगायत सुनसरी , मोरङका ठाउहरूबाट बढि जसो सर्पदंशका बिरामिहरू उपचार गराउन आउने गरेको उपाध्यक्ष थापाको भनाइ छ । कोरोना महामारी बिच पनि उपचार केन्द्रले धेरै बिरामिहरूलाइ नया जिवन दिएको उनको भनाइ छ ।  

यति मात्र नभएर बिपन्न वर्गहरूलाइ अवस्था हेरेर समितिको सिफारिसमा निशुल्क उपचार गराइएको र अघिल्लो वर्ष २२ जनाको निशुल्क उपचार भएको उपाध्यक्ष थापाले बताए । सर्पले डसेर उपचार गराउन आउदा ५ लाख रूपैया सम्म बोकेर आएपनि शुल्क थहा भएपछि धेरै अभिभावकहरू तिन छक्क परेर खुशि हुदै फर्किने गरेको उपाध्यक्ष थापाले बताए । सर्पले डसेर केन्देमा आएकाहरूलाइ नेपाली सेना भित्रकै स्वास्थ्य टोलिले उपचार गर्ने गरेको छ । सेनाले मेडिकल टिम र एन्टी स्नेक भेनम औषधी उपलब्ध गराउने गर्दछ भने   भौतिक पूर्वाधार र उपकरण सामुदायिक सर्पदंश उपचार केन्द्रले व्यवस्था मिलाउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस