सर्वसाधरणकाे लागि काल बन्दै जेब्राक्रसिङ : इटहरीमा ट्राफिक नियम पालना सुन्य

  • प्रकाशित मितिः कार्तिक १४, २०७८
  • 262 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । घटना नं एक – इटहरीबाट भाटभटेनी तर्फ हुइकिएको एक सफारीलाइ गत बिहीबार मालबाहक ट्रकले ठक्कर दिदा सफारीमा सवार ३ जना मध्ये २ जना घाइते भए। दुर्घटना इटहरीको मुख्य चौक अन्तरगत पश्चिम दिशा तर्फ बनाइएको जेब्राक्रसिङमा भएको थियो ।

त्यस्तै शनिबार को ४ प ३१६२ नं को मोटरसाइकलले इटहरी ३ का सुमन न्यौपानेलाइ ठककर दिदा न्यौपाने घाइते भए । जेब्राक्रसबाट बाटो काटने क्रममा उनलाइ मोटरसाइकलले ठक्कर दिएको थियो । ठककरबाट उनि सामान्य घाइते बनेका छन ।

दुर्घटना न्युनिकरण तथा सर्वसाधरणकालागि बाटो काटन सुरक्षित र सहज होस भन्ने उद्येश्यले बनाइएको जेब्राक्रसिङ पछिल्लो समय तिनै सर्वसाधरणहरूकोलागि काल बन्न थालेको छ । इटहरीमा गएको अशोज १० गते देखि कार्तिक १० गते सम्मको दुर्घटना बिवरण हेर्ने हो भने जेब्रा क्रशिङमा मात्रै ६ वटा सवारीहरू दुर्घटनामा परेका छन । जसमा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन ।

बडादशैको अवधिभर भएको सवारी दुर्घटनाकै बिवरण हेर्ने हो भने पनि इटहरी आसपास बनाइएको जेब्राक्रशमा धेरै जसो दुर्घटनाहरू हुने गरेको पाइएको छ । बडादशैको अवधिमा इटहरीभित्र १० वटा सवारी दुर्घटना भएको जसमा बिभिन्न् स्थानमा रहेकाजेब्राक्रसिङमा  ४ वटा दुर्घटना भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । त्यस्तै गएको एक महिनाको अवधिमा इटहरीभित्रै २३ वटा सवारीसाधनहरू दुर्घटना भएको देखिएको छ ।

इटहरीमा ट्राफिक सचेतनाको कमि संगै नियम पालना गर्ने र गराउने तर्फ कसैको ध्यान जान नसक्दा धेरैजसो सर्वसाधरणहरू जेब्राक्रसिङमै अलमलिने गरेका छन । मुख्य राजमार्गहरूमा बनाइएको जेब्राक्रसिङबाटै सवारी चालकहरूले तिब्र गतिका साथ सवारी गुडाइदिदा  पैदलयात्रीहरू बाटो काटदा काटदै  दुर्घटनामा पर्ने गरेका छन । यति मात्र नभइ इटहरी क्षेत्रमा बनाइएका अधिकांस जेब्राक्रसिङहरू अहिले देखिनै छाडेका छन जसका कारण पैदलयात्रीहरू प्रत्यक्ष मार्कामा पने गरेका छन । इटहरीको धरान लाइन, बिराटनगर रोड र पूर्व लाइनमा जेब्राक्रसिङ मेटिएका हुन ।जेब्राक्रसमा सवारी राेकेर पैदलयात्रीलाइ पहिला प्रथमिकता दिनुपर्छ भन्ने ज्ञान सवारी धनि वा चालकहरूमा नभएकाे भन्ने हाेइन तर नियमनकारी निकायले त्यस तर्फ ध्यानै दिन नसकेपछि इटहरीमा सवारी साधनहरूकाे लापर्वाहि दैनिक बढदाे छ ।  

त्यस्तै ट्राफिक प्रहरीहरू २४ सै घण्टा ड्युटिमा खटिएपनि सवारीहरूलाइ ट्राफिक नियम पालना गराउने तर्फ भने कसैको ध्यान जान सकेको छैन । इटहरीमा बिगतको वर्षहरूमा पनि बिभिन्न सामाजिक संस्थाहरूले ट्राफिक सचेतना सम्बन्धि कार्यक्रमहरू गर्दै आएकोमा पछिल्लो समय कोरोना कहरका कारण कुनै सचेतनाका कार्क्रमहरू भएका छैनन । ट्राफिक प्रहरीले पनि सवारी चालकहरूलाइ राखेर जेब्राक्रसिङ साथै बिभिन्न नियमहरूको बारेमा सचेतना जगाउन नसक्दा इटहरीमा सवारी चालकहरूको लापर्वाहि बढदै गएको पाइएको छ । सवारी चालक संगसंगै इटहरीमा सर्वसाधरण पैदल यात्रिहरूपनि ट्राफिक नियमलाइ पालना गर्ने र सचेतना जगाउने मामलामा कमजाेर देखिएका छन । सर्वसाधरण अाफैमा सचेत हुने र नियमलाइ थाेरै भएपनि मानिदिए जेब्राक्रसिङकाे महत्वबारे बुझाउन प्रहरीलाइ पनि सहज हुने प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीकाे भनाइ छ ।  

  प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाका अनुसार इटहरीमा मात्र नभइ प्रदेश एकका बिभिन्न जिल्लाहरूमा अहिले पनि ट्राफिक नियम पालना भइरहेको दाबि गरेका छन  ।प्रदेश एकको धेरै जसो दुर्घटना हुने क्षेत्रहरू सुनसरी , मोरङ र झापामा सम्बन्धित प्रहरी कार्यालयका प्रमुखहरूकै उपस्थितिमा टाफिक सचेतना गराइने गरेको पनि डिएसपी तिम्सिनाले दावि गरेका छन ।

प्रतिक्रिया दिनुहोस