इटहरी बजार बन्द गराउदै हिडेका बिप्लवका २१ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा 

  • प्रकाशित मितिः कार्तिक ३०, २०७८
  • 331 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । पूर्व घाेषित नेपाल बन्द कार्यक्रमलाइ सफल बनाउन बिहानै लागि परेका नेत्र बिक्रम चन्द (बिप्लव)का २१ जना कार्यकर्ताहरूलाइ इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिइएकाे छ ।   साेमबार बिहान खुल्ला रहेका इटहरी बजार बन्द गराउदै हिडेका बिप्लवका २१ जना कार्यकर्ताहरूलाइ प्रहरीले नियन्त्रणमा लिइएकाे हाे । ब्यवसायिकाे इच्छा बिपरित पसल बन्द गराउदै हिडेकाे भेटिएपछि तत्काल नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केशिले बताए । 

पेट्राेलियम पदार्थकाे मुल्य बृदिकाे बिराेधमा नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द(बिप्लव)नेतृत्वकाे नकपाका कार्यकर्ताहरूले बजार र सवारी साधनहरू बन्द गराउदै हिडेपछि नियन्त्रणमा लिनुपरेकाे डिएसपि केशिकाे भनाइ छ । यसैबिच इटहरी लगायत सुनसरीमा (बिप्लव)नेतृत्वकाे नकपाले गरेकाे बन्दकाे प्रभाव अांशिक रूपमा परेकाे देखिएकाे छ । 

सुनसरीकाे धरान , इटहरी , तरहरा , इनरूवा , दुहबी लगायतका बजारहरू खुल्लै रहेका छने छाेटाे दुरीका सबै सवारीसाधनहरू पनि निर्वाध रूपमा सञ्चालन हुदै अाएका छन । 

प्रतिक्रिया दिनुहोस