प्रदेश सरकारलाइ सत्ता मोह : तिन महिनामा दुइ मुख्यमन्त्री फेरीए , ठुला ब्यवसायी चिन्तित

  • प्रकाशित मितिः मंसिर १, २०७८
  • 145 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । प्रदेश एक स्थित पटक पटक सरकार परिवर्तन भइरहदा अरबौ लगानी गरेर ब्यवसाय गर्दै आएका ठुला व्यवसायिहरू भने पिरमा परेका छन । स्थानीय , प्रदेश र केन्द्रिय सरकारको नीति अनुसार सञ्चालन हुदै आएका ठुला लगानीका ब्यवसायहरू सरकार परिवर्तन संगै लगानी पनि जोखिममा परेका हुन ।

प्रदेब सरकार कुर्सिकै मोहमा लडाइ लडन थालेपछि ब्यवसायीहरूको पिर मार्का नबुझेका ठुला ब्यवसायिहरूले आरोप लगाउदै आएका छन । सुनसरी ,मोरङ औद्योगिक करिडोर क्षेत्रमा यो वर्ष आएको बेमौसमि बाढिले करोडौको क्षति बेहोर्नुपरेको र त्यो बेला प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री भिम आचार्यले क्षतिपुर्तिको आसवासन दिएपनि उनको राजिनामा पछि गठित नया सरकारले ब्यवसायिहरूको माग सम्बोधन नगर्ने होकि भन्ने पिर अहिले ठुला उद्योगि र व्यवसायिहरूमा परेको छ ।

एशियन थाइ फुड प्रालिका प्रबन्ध निर्देशक महेश जाजु उद्योगिहरूको पिर मार्का कुनै सरकारले नसुनेको बताउछन । सुरूवाति चरणमा प्रदेश सरकारले उद्योगिहरूको मनोवल बढाउने काम गरेपनि अहिले कुर्सिको मोहमा लाग्दा उद्योगि र व्यवसायिहरूलाइ नै बिर्सिएको उनले आरोप लगाए ।

त्यस्तै एक नं प्रदेशकै उत्कृस्ट पर्यटकिय क्षेत्र मानिएको इप्पिल्याण्ड फन पार्कका सञ्चालक भिम पौडेलले अब प्रदेश सरकार संग कुनै आश नरहेको गुनासो गरे । दुइ वर्ष कोरोना संक्रमणका कारण थला परेको समयमा तत्कालिन मुख्यमन्त्री शेरधन राइले राहत उपलब्ध गराउने आसवासन बाडेका थिए तर उनकै कुर्सि छिनेपछि गठित प्रदेश सरकारले वास्तै नगरेको पौडेलको गुनासो छ ।

त्यस्तै इटहरीस्थित अर्काे पर्यटकिय स्थल तालतलैया संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बु पनि प्रदेश सरकारको आस नलागेको बताउछन । तत्कालिन मुख्यमन्त्री शेरधन राइकै पालामा तालतलैयामा जेट बोट सञ्चालन भएको थियो । त्यो बेला राइले नै त्यस क्षेत्रलाइ नमुना पर्यटकिय क्षेत्र बनाउनको निमित्त बार्षिक बजेटको ब्यवस्था मिलाउने घोषणा समेत गरेका थिए । तर पद नै गुमेपछि घोषणा कागजमै सिमित बनिन पुगेको छ ।

प्रदेश सरकारकै नीति र अनुदानको आसवासनमा  ब्यवसायहरु उत्साहित भइरहेको बेला पटक पटकको सरकार परिवर्तनले उनिहरूमा पनि पुनःनिराशा छाएको छ । उत्साहजनक रूपमा ब्यवसाय सुरू गरेका ठ्रला ब्यवसायिहरू अहिले ठुलो पिडामा डुबेका छन । राज्यबाट अनुदान प्राप्त होला र ब्यवसायलाइ थोरै भएपनि राहत मिल्छ भन्ने आसमा बसेका ब्यवसायहरू अहिले सरकार परिवर्तन संगै नीति पनि परिर्वतन हुने होकि भन्ने पिरमा डुबेका छन ।

पटक पटकको सरकार परिवर्तन चलिरहदा ठुला आयोजनाहरूका काम पनि प्रभावित हुने हो कि भन्ने शंका उपशंकाहरू उब्जिन थालेका छन । अरबौ लगानीका आयोजनाहरू बिचैमा रोकिने पो हुन कि भन्ने चिन्ता पनि एका तिर कायमै छ ।

तिन महिनामा दुइ मुख्यमन्त्री फेरीए

यसैबिच आर्थिक वर्ष ७८ ,७९को साउन देखि कार्तिक २९ गते सम्मको अवधिमा प्रदेश एक सरकार भित्र दुइ जना मुख्यमन्त्री फेरिएका छन । नेकपा एमालेबाट बहुमत प्राप्त गरी पहिलो मुख्यमन्त्री बनेका शेरधन राइले गत ७८ भदौ १० गते राजिनामा दिएपछि संसदबाट चुनिएका दलका नेता भिम आचार्य मुख्यमन्त्री बनेका थिए ।

तर आचार्यले पनि सांसदभित्रबाटै बिस्वासको मत पाउन नसकेपछि गत कार्तिक १५ गते राजिनामा दिएर बिपक्षी दल नेकपा एसका नेता राजेन्द्र कुमारलार् मुख्यमन्त्रीको पद सुम्पिएका थिए ।

हालै मुख्यमन्त्री बनेका नेकपा समाजवादिका नेता राजेन्द्र कुरमार राइको पनि पद कतिदिन सम्म टिक्ने हो यस्को कुनै टुंगो रहेको छैन उनले पनि आज बुधबार प्रदेश सभाका सांसदहरूबाट बिस्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस