इटहरीकाे माया घरमा जिग्री र पाँडे : सक्दाे सहयाेग गर्ने प्रतिवद्धता 

  • प्रकाशित मितिः मंसिर 1, 2078
  • 552 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । नेपालका चर्चित हास्य कलाकार कुमार कट्टेल (जिग्री ) र अर्जुन घिमिरे ९ पाँडे ०ले इटहरीस्थित असहाय ,असक्त र सुस्त मनुस्थितिहरूलाइ संरक्षण गर्दै आएको माया घर नेपालको अवलोकन गरेका छन ।

सडकमा बेवारिसे, अनाथ र अशक्त ज्येष्ठ नागरिकहरूको संरक्षण गर्दै आएको माया घरमा कलाकारद्वय कट्टेल र घिमिरेले आगामि दिनहरूमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।

अवलोकनको क्रममा केहि क्षण भावुक बनेका कलाकारद्वयले संस्था साच्चीकै नाम अनुसारकै माया दिने र माया पाउने घरको रूपमा स्थापित भइसकेको प्रतिक्रिया दिएका थिए । त्यहा रहेका अशक्तहरूले पाएको मायालाइ वर्णन गर्दै कलाकारहरूले माया घर साच्चै जिउदै हुदा देखिने स्वर्गको छहारी जस्तो लागेको बताए ।

आफुहरू पहिलो पटक आएको कारण यहा यस्तो पनि छ भन्ने जानकारी नै नपाएको र आगामि दिनमा पुनःआउदा सक्दो सहयोग गर्ने कट्टेल र घिमिरेले प्रतिवद्धता गरेका छन । 

प्रतिक्रिया दिनुहोस