सुनिश्चतको नवौ वार्षिक साधारणसभा  : गंगाकाे गित संगै नाचे अतिथिहरू

  • प्रकाशित मितिः मंसिर ४, २०७८
  • 233 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरीस्थित सुनिश्चित महिला कृषि सहकारी संस्थाको शनीबार नवौ साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष रेनुका सुवेदिको सभापतित्वमा सम्पनन कार्यक्रममा चर्चित लोक गायिका गंगा गौतमले बिभिन्न गितहरू गाएर उपस्थित सेयर सदस्यहरूलाइ मनोरञ्जन संगै अतिथिहरूलाइ पनि नचाएकि थिइन ।  

कार्यक्रममा सहकारी स्थापना देखि हाल सम्म आइपुग्दा बिभिन्न माध्यमहरूबाट सहयोग तथा योग्दान पुर्याउने बिशिस्ट ब्याक्तिहलाइ सम्मान समेत गरिएको थियो । त्यस्तै सहकारीमा लामो समयदेखि अध्यक्ष भएर सहकारीलाइ यो स्थान समम ल्याउन महत्वपुर्ण भुमिका र योग्दान पुर्याउनुहुने संस्थाकि अध्यक्ष रेणुका सुवेदिलाइ पनि कार्यसमितिका पदाधिकारीहरूले सम्मान गरेका थिए । 

gg त्यस्तै सहकारी भित्रै आवद्ध ज्येस्ठ नागरिक गायत्रा दाहाल , एकल महिला तर्फ  सजा दाहाल , मासिक बचतकर्ता उषा देवि धमलालाइ पनि सम्मान गरिएको थियो । 
त्यस्तै कार्यक्रममा गत वर्ष सम्पनन प्लस टुमा उत्कृस्ट नतिजा ल्याउन सफल सेयर सदस्यका छोरा छोरीहरूलाइ पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा छात्रा तर्फ जुना कटुवाल , छात्र तर्फ दर्शन कोइराला र हिमाल दंगाल रहेका छन । 

कार्यक्रममा संस्थाकि अध्यक्ष रेनुका सुवेदिले सहकारीले वर्षभरी गरेको प्रगति बिवरण तथा आगामि योजनाहरूको बारेमा उपस्थित सेयर सदस्यहरूमाझ प्रतिवेदन पेस गरेकि थिइन । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगर वडा नं २ का वडाध्यक्ष हर्क मगरले अन्य सहकारी संस्थाहरूको तुलनामा सुनिश्चित सहकारीले स्थापनाको छोटो समयमै बेग्लै पहिचान बनाएर भविस्य समेत नाम अनुसारकै सुनिश्चित गरिसकेको भन्दै प्रशंसा गरेका थिए ।

img-2123 कार्यक्रममा संस्थाकि उपाध्यक्ष सुभद्रा प्याकुरेलले स्वागत मन्तब्य राखेकि थिइन भने बिशिस्ट अतिथिहरू इटहरी उपमहानगरकि सहकारी तथा कृषि शाखा प्रमुख गंगा घिमिरे , महिला शिप बिकाश केन्द्र इटहरीकि अध्यक्ष राधिका थापा ,  सहकारीका सल्लाहाकार कृष्ण प्रशाद भट्टराइ लगायत अन्यले सुभकाना मन्तब्य राखेका थिए । 
 बिभिन्न समयमा कृषि सम्बन्धि फलफुल लगायत तरकारी जन्य बिउ र बिरूवाहरू बितरण गर्दै आएको उक्त सहकारीले सम्पनन साधारण सभाबाट नयाँ समिति चयन गर्ने छ । यो समाचार तयार र्पादा सम्म समिति चयन भएका थिएनन । 

प्रतिक्रिया दिनुहोस