इटहरीकाे सेन्ट्रल प्लाजा भवन भित्र ५ कराेडकाे "सेन्ट्रल मार्ट"

  • प्रकाशित मितिः मंसिर १३, २०७८
  • 530 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । काेराेना कहरकाे स्थिति सामान्य बन्दै जादा पुर्वि तराइका जिल्लाहरूमा ब्यवसाय प्रति उत्साहित हुदै कराेडाै लगानी थपिन थालेका छन ।बिगत दुइ वर्ष उता संक्रमणकै कारण धरासयि बनेकाे ब्यवसायहरू अहिले काेराेनाकाे जाेखिम कम भएसंगै ब्यवसायिहरू लगानी प्रति उत्साहित बनिन थालेका छन । यसैबिच प्रदेश एककै केन्द्रबिन्दु इटहरीस्थित सेन्ट्रल प्लाजाले साेमबार देखि सेन्ट्रल मार्ट सञ्चालनमा ल्याएकाे छ । इटहरीका प्रतिस्ठित ब्यवसायी राजेश श्रेष्ठले ५ कराेडकाे लगानीमा सेन्ट्रल मार्ट सञ्चालनमा ल्याएका हुन । 

त्यसाे त एक अर्ब ५० कराेडकाे लगानीमा १० तला भवनमा सेन्ट्रल प्लाजा सञ्चालन गरेका उनले  थप ५ कराेडकाे  लगानी सहित भवनकाे पहिलाे तलामा सेन्ट्रल मार्टकाे सुरूवात गरेका हुन । उक्त मार्टकाे समुदघाटन सञ्चालक राजेश श्रेष्ठ र उद्याेग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पाैडेलले संयुक्त रूपमा गरेका छन । एउटै छाना मुनीबाट ५ हजार अाइटम राखेर सुलभ मुल्यमा सेवा प्रदान गर्ने उद्येश्य सहित उक्त मार्ट सञ्चालनमा ल्याइएकाे सञ्चालक तथा प्लाजाका अध्यक्ष राजेश श्रेष्ठले बताए । 

बढदाे शहरीकरण संगै ग्राहकहरूकाे मागलाइ ध्यानमा राख्दै मार्टले खाद्यान्न, ग्रोसरी आइटम, लिकर (मदिरा) का साथै सफ्ट डिं«क्स आइटमहरु सुपथ मूल्यमा उपलब्ध गराउने जनाइएकाे छ ।उक्त ब्यवसायिक भवनकाे पहिलो तल्लामा सेन्ट्रल मार्ट तथा  सनराईज बैँक रहेका छन् भने दोस्रो तल्लामा  मेलाइन्ज स्टाेर, स्काई शप (फिटनेस), बिभिन्न बुटिक तथा रेडिमेड स्टाेरहरू रहेका छन । मलकाे तेस्राे तलामा निल डेबिट शैलुन, बाटिस्टा ट्रेनिङ, ओप्पो सर्भिस सेन्टर रहेका छन् ।  यस्तै भवनकै पाँचो तल्लामा इटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्स सहितकाे सिनेफ्लिक्स नामक सिनेमा हल र छैटाै तलामा हाेटल बराण्डा सञ्चालन हुदै अाएकाे छ । 

प्रतिक्रिया दिनुहोस