इटहरीका जनप्रतिनिधिलाइ नगरवासिको प्रश्न :खोइ स्मार्ट पार्किङ , कहिले बन्ने आकाशे पुल ?

  • प्रकाशित मितिः मंसिर १९, २०७८
  • 323 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । अघिल्लो वर्ष नै निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने इटहरीका तिन ठुला बिकाशका योजनाहरू अहिले कागजमै सिमित बनिन पुगेको छ । गत आर्थिक वर्ष ७४ ।७५को बजेट तथा नीति कार्यक्रममै परेको स्मार्ट पार्किङ र आकाशे पुल निर्माण जस्ता अरबौको ठुला बिकाशका योजनाहरू कार्यानवयनको अभावमा लथालिंग बनिन पुगेको हो ।

पछिल्लो २ वर्ष कोरोना कहरका कारण रोकिएको अरबौ लगानीका तिन ठुला योजनाहरू यो वर्षपनि कार्यानवयन नभएपछि नगरवासिहरू जनप्रतिनिधिहरूको ताल देखेर रूस्ट बनेका छन । बिकाशका प्रश्नहरू तेर्स्याउदा राजनीतिक तरलता , कोरोना कहर र बजेट अभावको कारण देखाउदै जनपतिनिधिहरू तर्किने गरेका छन ।

  युवा पूस्ताले चाहेको इटहरी शहरभित्र आकाशे पुल निर्माणको योजना ३ वर्ष अघि नै सुरू भएको थियो । तर खटिएका इञ्जिनियरले नक्सानै गलत कोरेपछि रोकिएको काम अहिले सम्म त्यतिकै रहेको छ । बिचमा ६ लेन राजमार्ग बिस्तारको योजनाले प्राथमिकता पाएपछि हजारौ युवाहरूको सपना आकाशे पुल त्यतिकै तुहिन पुगेको छ ।  आकाशे पुलका निर्माता तथा योजनाकार प्रदेश एकका सांसद सर्वध्वज साँवा अब तत्काल इटहरीका यो योजना नबन्ने बताउछन ।

६ लेन राजमार्ग योजना सकिएपछि फेरी सुरूबाटै डिपिआर गरि पुन अर्काे नक्सा बनाएर मात्रै काम थाल्नुपर्ने हुदा तत्काल इटहरीमा आकाशे पुलको योजना अघि नबढने प्रदेश सांसद साँवाको भनाइ छ । उनले ढिलै भएपनि इटहरीवासिको सपना आकाशे पुल यहि शहरमा आफ्नै पालामा बनाएर देखाउने प्रतिवद्धता जाहेर गरे ।

इटहरीमा ट्राफिक ब्यवस्थापनलाई सहज बनाउन र सहरी सौन्दर्यका लागि सांसद साँवाले मुख्य चोकमा आकाशे पुल निर्माणको योजना प्रदेस सरकार समक्ष पेस गरेका थिए । त्यस्तै बढदो शहरिकरण संगै सवारी चापलाइ मध्यनजर गर्दै इटहरी शहरभित्रै स्मार्ट पार्किङ निर्माणको योजना ल्याइएको थियो ।  सुरूवाति समयमा चर्चा चलेपनि उक्त योजना कार्यानवयन हुन नसक्दा अहिले कागजमै सिमित हुन पुगेको छ ।

६ लेन राजमार्गको निर्माण संगै सडक फराकिलो हुदा पार्किङ अभावले सर्वसाधरण देखि सवारीधनिहरू मार्कामा पर्दै आएका छन ।  बढ्दो शहरिकरणँगै सवारीसाधनको चापले पार्किङ समस्या भएको बिषयलाई मध्यनजर गर्दै उपमहानगरले देशकै पहिलो स्मार्ट पार्किङ निर्माण गर्ने योजना ल्याएको थियो । सो योजनालाई संघीय सरकारले समेत पारित गर्दै समपुरक योजनाअन्तर्गत पाँच करोड २० लाख रकम विनियोजन गरेको थियो । तर अवसरको फाइदा उठाउन नसक्दा उपमहानगरले पाएको रकम गत वर्ष नै फ्रिज हुन पुगेपछि सो योजना पनि लथालिंग बनिन पुगेको छ ।

इटहरी ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ बनाउने योजना उपमहानगरले अघि बढाएको थियो । गत वर्ष नै   निर्माण सम्पन्न भइसक्ने भनिएको स्मार्ट पार्किङको योजनाकालागि संघिय सरकारबाट प्राप्त करोडौ रकम फिर्ता भएसंगै काम रोकिएको इटहरी उपमहानगरबाट बुझिएको छ ।

यता   निर्माण गर्ने भन्दै योजना जति कागजमै सिमित बनाएको भन्दै इटहरीका जनप्रतिधिहरूलाइ नगरवासिहरूले सामाजिक सञ्जालमार्फत गिज्याउन थालेका छन भने स्थानीय चिया पशलहरूमा पनि यहि बिषयले चर्चा पाउन थालेको छ ।

यता यस बिषयमा इटहरी उपमहानगरको उपमेयर लक्षमि गौतमसंग बुज्दा उनले भनिएका योजनाहरू समयमै पुरा नभएको स्विकार गरेकि छिन । तर योजना बनाइसकेपछि काम पनि भएर छोडने उनले बताइन ।तत्काल नभएपनि केहि समय पश्चात निर्माण कार्य अघि बढने उपमेयर गोतमले आश्वासन दिइन ।

 

प्रतिक्रिया दिनुहोस