प्रधानकाे जन्मदिनमा बिद्यालयलाइ शैक्षिक सामग्री बितरण

  • प्रकाशित मितिः मंसिर 21, 2078
  • 589 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी ।अनेरास्ववियू केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सचिव आशिष प्रधानले आफ्नो जन्मदिनकाे अवसर पारेर दिपेन्द्र आधारभूत विद्यालय अन्तरगत कक्षा ५ सम्मका २०० जना  बिद्यार्थीहरूलाइ शैक्षिक सामाग्री वितरण गरेका छन ।

जन्मदिनमा केक काटेर पार्टि खुवाउने फजुल खर्चलाइ नियन्त्रण गर्दै   सामाजिक काममा लगाउने उत्प्रेरणा सहित प्रधानले बिद्यालयलाइ शैक्षिक सामग्रि बितरण गरेका हुन । 

264647260_1078833559324808_3969905234378580465_n विगत ६ बर्ष देखि प्रधानले बालबालिका संग शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो जन्मदिन मनाइरहेका छन । शैक्षिक सामाग्रीहरु कपि पेन्सिल इरेजर सापनर डटपेन साथै केक काटेर चकलेट दिदै मनाएका छन ।

सो कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचिव सुनम कार्की लगायत नेताहरुको उपस्थिति थियो भने विद्यालयका प्राचार्य प्रर्वत सन्जेलले यस्ता कार्यक्रमले विधार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग पुगेको र विद्यालयले प्रधानलाई हार्दिक कृतज्ञता ब्यक्त गरेका छन।

263398866_3127620424227522_8249395513534711541_n

प्रतिक्रिया दिनुहोस