प्रदेश एक : मुख्यमन्त्री राइकाे डेढ महिना : मन्त्री नै नभएकाे मन्त्रालयमा कार्यकतालाई स्वकिय सचिवकाे जागिर

  • प्रकाशित मितिः पुष ५, २०७८
  • 130 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी ।  गत कार्तिक १६ गते एक नं प्रदेशको सरकार प्रमुख तथा मुख्य मन्त्रीको रूपमा नियुक्त भएका राजेन्द्र राइले कार्यभार सम्हालेको ४५ दिन बिति सक्दा पनि जनताको मन जित्ने कुनै काम गर्न सकेको छैनन । मुख्यमन्त्रीमा नियुक्त भइ पद सम्हालेको गत पुस २ गते ४५ दिन पुगेको छ ।  सो अवधिमा उनले २ पटक मन्त्रीपरिषदको बैठक बोलाएपनि कुनै उपलब्धि हुन सकेको छैन । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन बोलाइएको मन्त्री परिषदको बैठकले उपलब्धि मुलक निर्णयहरू गरेका थिए । 

शेरधन राइ र भिम आचार्य पछि तेश्रो मुख्यमन्त्रीको रूपमा निर्वाचित राजेन्द्र राइले यस अघिका मन्त्रिहरूले गरेका फजुल खर्च नियन्त्रण देखि मासिक ४ लाख भाडा तिरेर स्थापना गरिएको काठमाण्डौ स्थित मुख्यमन्त्रीको कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । त्यो संगै मुख्य मन्त्री राइले एक नं प्रदेशको नामाकरण गर्ने , र बिकाशका लहर ल्याउने सार्वजनिक रूपमै बक्तब्य दिदै आएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्टै बिराटनगरमा सञ्चारकर्मिहरूसंग कुरागर्दै उनले प्रदेशको नामाकरणबारे निकै चर्चा चलाएका थिए । 

मुख्यमन्त्रीमा नियुक्त भइ कार्यभार सम्हालेको डेढ महिना बितिसक्दा पनि राइले अझैपनि अधिकांस समय उदघाटन , चियापान , सभा सम्मेलन तिरै ब्यतित गर्ने गरेका छन ।यस अघिका मुख्यमन्त्री भिम आचार्यले गरेको सबै निर्णयहरू बदर गर्दै उनले गहकिला ४ वटा निर्णय पनि गरे तर त्यसलाइ पनि कार्यानवयन गर्न सकेका छैनन । उनले काठमाण्डौस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालय खारेज गरी फजुल खर्च नियन्त्रण गर्ने भनि एजेन्डा बनाएका थिए तर यतिका समयमा पनि त्यसको कार्यानवयन गर्न सकेका छैनन । त्यस्तै दोश्रोमा उनले प्रदेशको नामाकरणको चर्चा चलाएका थिए तर त्यो पनि अहिले सेलाएको छ । 

त्यस्तै एक नं प्रदेशको बिकट ठाउहरूमा बिकाशको लहर ल्याउने योजना बनाउने र त्यसलाइ कार्यानवयमा लाने बताएका थिए । अर्को प्रदेश १ का १ सय ३७ स्थानीय तहका विपन्न, दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायमध्येबाट एक÷एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने  मन्त्रि परिषदबाटै निर्णय गराएका थिए । निर्णय भएको चारवटै गहकिला बिषयमा फेरी संवाद त परै जाओस मुख्यमन्त्री राइले यस बिषयमा कुनै चासो नै राखेका छैनन । कार्यभार समहालेको ४५ दिनमा उनले एक काम भने उदहारणिय गरेका छन । फजुल खर्चलार्इ नियन्त्रण गर्छु भनेका मुख्यमन्त्री राइले गत मंसिर मसान्त देखि सुनसरी मोरङ सिचाइ आयोजनाको सरकारी भवनमा बसेर उदाहरण प्रस्तुत गरे । 

एउटा राम्रो उदहारण देखाएका मुख्यमन्त्री राइ आफैले फजुल खर्चलाइ थप बढावा दिने काम गरे ।उनले मन्त्रि नै नभएका २ वटा मन्त्रालयमा चार जना कार्यकर्तालाइ स्वकिय सचिवको जागिर दिएर राखेका छन । मुख्यमन्त्री राइले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा चार जनालाई स्वकीय सचिवमा नियुक्त गरेर जागिर दिएका हुन । 

मुख्यमन्त्री राइले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी र स्वकीय सचिवमा रोहित गौतम नियुक्त गराएका छन भने   भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रमुख स्वकीय सचिवमा किसन भगत र स्वकीय सचिवमा उदय यादवलाइ नियुक्त गराएका छन । नियुक्ति पाएका चारै जना नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ता हुन् ।नेकपा एमालेबाट बिभाजन भइ माधव नेपालले नेतृत्व गरेका नेकपा समाजवादि रोजेपछि संसदिय दलका नेता बनेका राजेन्द्र राइ त्यसपछि एक नं प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस