प्यारालाइसिसबाट पिडित इटहरीका मनकुमारलाइ क्वीक रेस्क्यु टिम नेपालकाे सहयाेग

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 68 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । विगत लामो समय देखि इटहरी क्षेत्रका विभिन्न होटलहरुमा काम गर्दै आएका तथा पछिल्लो एक वर्ष यता देखि प्यारालाइसिस भएर काम गर्न नसक्ने भएका इटहरीका मनकुमार राईलाई क्वीक रेस्क्यु टिम नेपालले जाडोको लागि न्यानो कपडा सहित खाद्यान्न सहयोग गरेको छ ।

विरामी परेपछि काम गर्न नसक्ने भएर इटहरी क्षेत्रमै मागेर जीविकोपार्जन गर्दै आएका राई परिवारलाई क्वीक रेस्क्यु टिम नेपालका अध्यक्ष विक्रम एक्तेनले सिरक डस्ना चामल लगायतका सामाग्री हस्तान्तरण गरेका हुन ।

अर्काको घरमा भाडा वस्दै आएको र मागेर घर भाडा समेत तिर्दै आएको समयमा ओड्ने औछ्याउने तथा खानेकुराहरु पाउदा आफुलाई खुशी लागेको मनकुमारले वताए । उपचार गरेर पहिलेकै जस्तो काम गर्न सक्ने इच्छा भएको भएपनि आर्थिक अवस्था कम्जोर भएका कारण उपचार गर्न नसकेको समेत मनकुमार सुनाउछन ।

विभिन्न समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको क्विक रेस्क्यु टिम नेपालले मनकुमारलाई एक बोरा चामल ,डस्ना ब्लांकेट , एक केजी चिनी , तेल,चना, सावुन र नगद दुई हजार रुपैया सहयोग गरेको अध्यक्ष एक्तेनले जानकारी  । विगत देखि नै क्विक रेस्क्यु टिम नेपालले विपदमा पर्दै आएकाहरुलाई सहयोग गर्दै आएकोमा बाटोमा दुखद अवस्थामा हिडीरहेका राई परिवारलाई सहयोग गर्न पाएकोमा आफुलाई खुशि लागेको समेत एक्तेनले वताए ।

राई परिवारमा मनकुमार र उनकी श्रीमती कुमारी मात्र रहेकोमा श्रीमती कुमारी बोल्न नसक्ने रहेकी छिन । श्रीमती कुमारीले डोर्याएर मागेको भरमा राई परिवार जीवन चलाउदै आएको वताउछन ।

प्रतिक्रिया दिनुहोस