इटहरीमा बिपद ब्यवस्थापन बारे २ दिने गाेस्ठि 

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 81 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरीमा बिपद ब्यवस्थापन बारे २ दिने गोस्ठि सम्पन्न भएको छ । इटहरीस्थित युवा बिकाश कन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा  बिभिन्न प्रकारका बिपदबाट जोगिन राज्यले के कस्तो संयन्त्र सुचारू गर्नुपर्छ र संकट आउन नदिन अपनाउनुपर्ने उपायहरूको बारेमा सुझाव संकलन गरिएको थियो । 

युवा बिकाश केन्द्र इटहरीको आयोजनामा सम्पन्न २ दिने गोस्ठिमा बिपदको बेला सरकारी संयन्त्र संगै निजि स्तरबाट पनि सहकार्य त्यतिकै जरूरी रहेको बताइएको थियो । कार्यक्रममा बिपद पूर्व तयारी बारे श्रोतहरूको नक्सांकन गरि प्रस्तुत गरिएको थियो ।

बिपदको समयमा सुरक्षा निकायका अंगहरूले निभाएको भुमिकाबारे चर्चा गरिएको थियो । साथै बिपद तथा प्राकृतिक प्रकोप नियन्त्रणब  गर्न स्थानीय देखि तिनै तहका सरकार र निजि लगानीका सामाजिक संस्थाहरू पनि लागिपर्नुपर्ने बताइएको थियो । 

कार्यक्रममा अधिकांस बक्ताहरूले प्रकोप एवम बिपद बारे भरपर्दो सुचना हुनुपर्नेमा जोड दिएका थिए । बिपद आइपर्दा मात्रै तातिने निकायहरूले भरसक बिपद आउन नदिने तर्फ सोच्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल सुनसरीका अध्यक्ष बिनोद बिश्वकर्मा , जिल्ला बसपार्क व्यवस्थापन समिति सुनसरीका उपाध्यक्ष देवराज थापा , जिल्ला प्रसाशन कार्यालय सुनसरीका मुक्तिनाथ घिमिरे ,स्वास्थ्य कार्यालय सुनसरीकि अधिकृत उर्मिला राइ , अन्तराष्ट्रिय आप्रवासन संगठनका द्वारिका प्रसाद घिमिरे , युवा बिकाश केन्द्र इटहरीका कार्यारी निर्देशशक निराजन खडका लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस