नेकपा एस निकट अनेरास्ववियू प्रदेश एक कमिटि गठन : राजु थाम्सुहाङ्गकाे नेतृत्वमा ५१ सदस्यिय कमिटि

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 115 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । नेकपा एमालेबाट बिभाजन भइ गठन भएकाे नेकपा समाजवादि निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूको प्रदेश एक कमिटिकाे  प्रदेश एक स्तरिय प्रथम अधिवेशन हालै सम्पन्न भएकाे छ । २ दिन सम्म चलेकाे अधिवेशनले राजु थाम्सुहाङ्गको नेतृत्वमा ५१ जनाको पूर्ण कमिटि घोषणा गरेकाे छ ।  

 संगठनको वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ्ग ,उपाध्यक्षमा सन्तोष लिम्बु, मान बहादुर गुरुङ्ग, हेमराज निरौला र भुषण पोमु रहेका छन् भने प्रदेश कमिटिको सचिवमा सुमन दाहाल चयन भएका छन् ।
त्यसैगरी अधिवेशनले ५ जनालाई सह सचिवमा चयन गरेको छ । सहसचिवमा चयन हुनेमा देवराज पुरी , सीता खड्का, सुरेश गुप्ता, अशोता राई र युवराज धमला रहेका छन् ।
कमिटिको कोषाध्क्षमा शिवराम सहनी चयन भएका छन ।

 नव गठित प्रदेश कमिटिका पदाधिकारी र सदस्यहरुलाई पार्टीका विद्यार्थी विभाग प्रमुख वसिम आलमले बद्याई तथा शुभकामना दिएका थिए । आइतबारबाट चलेको अधिवेसनमा नेकपा समाजवादिका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल लगायतका केन्द्रिय कमिटिका थुप्रै पदाधिकारीको उपस्थिती रहेको थियो । आइतबार भएको खुल्ला सत्रको प्रमुख अथिती बनेर आएका पार्टी अध्यक्ष नेपालले विद्यार्थीलाई पढ्न र बाँकी समय समाजको सेवाका खातिर खर्च गर्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस