इटहरीकाे तालतलैयामा जेटबोट सरररर......

  • प्रकाशित मितिः श्रावण 13, 2075
  • 292 पटक पढिएको
  • इटहरी दर्पण

इटहरी । पूर्वको पर्यटकीय स्थलको रूपमा परिचित इटहरीको तालतलैयामा शनिबार देखि ब्यवसायीक जेटबोट सञ्चालनमा आएको छ । प्रदेश नं एकको मुख्य मन्त्री शेरधन राईले समुदघाटन गरे संगै तालतलैयामा जेटबोट सञ्चालनमा आएको हो । इटहरी उपमहानगरले दिएको आर्थिक सहयोग मध्ये ८ लाखको लागतमा सो जेट बोट खरीद गरी औपचारीक रूपमा सुरूवात गरीएको तालतलै संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बुले बताए ।

आगामि दिनमा तालतलैयालाृइ अझ ब्यवस्थित र नेपालकै शुन्दर पर्यटकिय स्थल बनाउन आफुहरू लागि परेको बताउदै सबैको साथ सहयोग आवस्यक रहेको पनि अध्यक्ष लिम्बुले औलयाएका छन । उनले जेट बोट सञ्चालनमा आएसंगै अघिल्लो बर्षहरूको तुलनामा धेरै भन्दा धेरै पर्यटकहरूको आगमनमा बृद्धि हुने बिस्वास ब्यक्त गरेका छन । यसै बिच प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राइले इटहरीको तालतलैयालाृइ नेपालकै नमुना पर्यटकिय स्थल बनाउन यहाका स्थानीय निकायहरू लागि पर्नुपर्ने बताए ।

पर्यटक प्रवर्दनकालागि प्रदेश सरकारले पनि आफ्नो स्थानबाट सक्दो भुमिका निर्वाह गर्ने मुख्य मन्त्री राइले प्रतिबद्धता जनाएका छन । कार्यक्रममा प्रदेश सांसद एवं इटहरीको तालतलैया क्षेत्रको परिकल्पनाकार सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, वडा नं– ३ का वडाअध्यक्ष बालकृष्ण विष्ट र तुलाराम लिम्बूगायतले तालतलैयाले बर्षाैदेखि देखेको सपना बल्ल पुरा भएको बताएका थिए ।

उनिहरूले तालतलैयामा जेटबोट ल्याइनु मात्रै ठुलो कुरो नभएर यसको संरक्षाण तथा पर्यटन प्रबर्दनमा टेवा पुर्याउने उद्येस्यकासाथ संरक्षण समिति र स्थानीयबासीहरू लागि पर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस