इटहरी / १४ फ्रेबुअरी अर्थात् प्रेम दिवस । विश्वभरका मायालु जोडीले यो दिनलाई माया साटेर मनाउने गर्दछन् । नेपालमा पनि प्रेम दिवसको रौनकले छोएको लामै समय भइसकेको छ ।

पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले भ्यालेन्टाइन डेको अवसर पारेर स्पेशल फोटोसुट गराएका छन् । प्रेम दिवसको अवसर पारेर तामाङले र मैथिली चलचित्र का नाइका तथा मोडेल मेनुका माझी सँग फोटो खिचाएका हुन् ।

थ्री स्टार क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भएका तामाङ फुटबल छोडेपछि मोडलको रुपमा तस्वीरहरुमा देँखिदै आएका छन् ।  द सेकेन्ड क्लोसेट इन्टरनेशनलको डिजाइनमा देखिएका दुवैको मेकअप पेस्को मेकअप स्टुडियोले गरेको हो ।

मनिता तामाङको कोरियोग्राफीमा इटहरीमा फोटो खिचिएका हुन् ।कोशी भिजन फिल्मले खिचेका भ्यालेन्टाइनी पोजहरु 8

 

 

1 1

2 5 3 7