इटहरी । महिलाहरूको हिम्मत र बिश्वासले जनमाएको इटहरीस्थित माया घर नेपालको सहयोगार्थ सातदिने ऐतिहासिक श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञ अन्तरगत साेमबार तेश्राेदिन पुर्व उप–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिस्ठ नेता बिजय कुमार गच्छदार सहित एक दर्जन बढि नेताहरूले अवलाेकन गरेका छन ।
साेमबार महायज्ञ संगै माया घर नेपालकाे अवलाेकन गर्न पुगेका वरिस्ठ नेता गच्छदार सहितकाे कांग्रेस नेताहरूले माया घरले स्थापना काल देखि हाल सम्म गरेकाे प्रगति र वर्तमान अवस्थाबारे बुझेका थिए ।
प्रदेश एकलाइ सडक मानवमुक्त बनाउने अभियान सहित आयाेजना गरिएकाे महायज्ञमा कांग्रेस नेता गच्छदार सहित कांग्रेसकि केन्द्रिय सदस्य कल्पना चाैधरी , दुहबी नगरपालिकाका मेयर वेदकुमार गच्छदार , सुनसरी क्षेत्र नं३ का सभापति मेहदि हुसैन , प्रदेश १ का कांग्रेस नेता दिपक ढकाल ,इटहरी उपमहानगर उपसभापति काेविदजंग कार्कि , इटहरीकै समाजसेवि तथा कांग्रेस नेता राेहित प्रसाइ लगायतले अवलाेकन गरेका थिए ।
अवलाेकनकाे निमित्त माया घर पुगेका कांग्रेसका शिर्ष नेताहरूलाइ माया घर नेपालकि संरक्षक तथा अध्यक्ष भागवत मञ्जरी राधिका दाशि , संस्थाकि सचिव सुभद्रा प्याकुरेल लगायत अन्य प्रतिनिधिहरूले स्वागत सम्मान गरका थिए ।
अवलाेकन पश्चात नेताहरूले आवश्यक्ता अनुसार आ आफ्नाे स्थानबाट माया घर नेपाललाइ सक्दाे सहयाेग पुर्याउने बताएका थिए । मायाघरमा आश्रिातहरुलाई शिक्षा देखि बिभिन्न क्षेत्रमा सेवा पुर्याउने उद्येश्यका साथ आवश्यक पर्ने रकमका लागि अक्षयकोष स्थापना गरी श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञको आयोजना गरिएकाे जनाइएको छ । महायज्ञबाट रू १ कराेडकाे अक्षयकाेष स्थापना गर्ने लक्षय लिइएकाे छ भने कम्तिमा १ लाख भक्तजनहरूले अवलाेकन गर्ने लक्ष्य लिइएकाे छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । संघीय सरकारले देशभरका स्थानीय तहहरुको नि... ... ...
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरूलाई विशिष्ट ... ... ...
इटहरी । प्रदेश नम्बर १ को इटहरीमा रहेर अढाई दशक अ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved