दिवांगत राउतकाे परिवारलाइ एल आइ सिद्वारा विमा वापतकाे रू एक कराेडकाे चेक प्रदान

  • प्रकाशित मितिः चैत्र १३, २०७८
  • 120 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । एल आइ सि नेपाल इटहरी शाखाले इटहरी ५ का बिमित स्वर्गीय अम्बर बहादुर राउतका इच्छाइएको ब्यक्ति श्रीमती हेमा चौहानलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

लाइफ ईन्सोरेन्स कर्पोरेशन लिमिटेडमा  बराह हार्डवेयरका प्रोप्राइटर स्वर्गीय  राउतले २०७७ असोज ११ गते प्रथम बीमा शुल्क रु ५लाख ३८हजार९३७ तिरी रु. १ करोडको २० वर्षे बीमा गरेका थिए ।

 ९ महिना पछि कोरोनाका कारण मृत्यु भएपछि राउतले इच्छाइएको ब्यक्ति वा उनकि श्रीमती हेमा चौहानलाई मृत्यु दाबी बापतको रकम रु. एक करोड छ लाख सत्तरी हजारको चेक निजको घरमै गएर शाखा प्रबन्धक गुन्जेश प्रसाद ठाकुरले हस्तान्तरण गरेका हुन । चेक हस्तान्तरण गर्दै शाखा प्रवन्धक ठाकुरले मानिसकाे जिवनकाे केहि टुंगाे नहुने भएकाेले बेलैमा बिमा गर्दा परिवार लाभान्वित हुने बताए । 

 विमा रकम लिदै बिमितका श्रीमती चौहानले पटक पटक बीमा नगर्न भन्दा भन्दै पनि थाहै नदिई गराउनु भएको यो बीमाको मृत्युु दाबी बापत प्राप्त रकमले वहाँद्वारा स्थापित ब्यापार ब्यबसायलाई थप उचाइमा पु¥याउन तथा नानीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने बताइन । 

प्रतिक्रिया दिनुहोस