इटहरीका सचिन पाेख्रेल र चेतन धमला गोरखापत्र संस्थानको सदस्यमा नियुक्त

  • प्रकाशित मितिः चैत्र २५, २०७८
  • 85 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । प्रदेश नम्बर १ को इटहरीमा रहेर अढाई दशक अघि देखि पत्रकारिता गर्दै आएका इटहरीका २ जना कृियाशिल पत्रकारहरू गाेरखापत्र संस्थानकाे सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन । बिगत अढाइ दशक देखि पत्रकारीा क्षेत्रमा काम गर्दै आएका इटहरी निवासी सचिन पाेख्रेल र चेतन धमला गाेरखा पत्र संस्थान सञ्चालक समितिकाे सदस्यमा नियुक्त भएका हुन । पाेख्रेल २०५५ माघ २१ देखि गाेरखा पत्र दैनिककाे स्थानीय समाचारदाता हुदै हाल प्रदेश एक प्रमुखकाे रूमा कार्यरत छन ।

बिगत लामो समय देखि पत्रकारिता गर्दै आएका पोखरेल २०५५ माघ २१ गते देखि गोरखापत्र दैनिकको स्थानीय समाचारदाताका रुपमा कार्यरत रहदै आएर हाल गोरखापत्र दैनिकको प्रदेश नम्बर १को संयोजक समेत जिम्मेवारीमा रहेका छन । एभिन्युज खबरका प्रदेश नम्बर १का ब्युरो प्रमुख समेत रहेका पोखरेलले गोरखा दक्षिणवाहु ,प्रवल जनसेवा श्री , प्रधान सेनापति प्रषंशा पदक लगायतका दुई दर्जन भन्दा बढी पदक र सम्मान प्राप्त गरि सकेका छन ।

त्यस्तै इटहरी निवासी धमला रेडियाे पत्रकारीता गर्दै आएका छन । लामाे समय रेडियाे पत्रकारितामा कार्यरत उनि स्पतकाेशी एफएम, नमस्ते एपफम हुदै २०७० सालदेखी इटहरी एफएमका संचालक रहेका छन् । नेपाल प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष रहेका उनि विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक गतिविधिमा समेत सक्रिय रहदै आएका छन ।

प्रतिक्रिया दिनुहोस