इटहरी । संघीय सरकारले देशभरका स्थानीय तहहरुको निर्वाचनका लागि वैशाख ३० गतेको मिति निर्धारण गरिसकेको अवस्थामा उदयपुरकाे त्रियुगा नगरपालिकामा पनि चुनावि माहाेल तातिन थालेकाे छ । नगरकाे पार्टि कार्यालय देखि चिया पसल सम्म अहिले निर्वाचनकाे चर्चा चल्दै आएकाे सुनिन्छ । अझ याे पटककाे निर्वाचनलाइ त्रियुगावासिहरूले नजिकबाट नियाल्ने जमर्काे पनि गरिरहेका छन ।
राजनीतिक दलहरु आ आफ्नो पार्टीलाई जिताइदिन भन्दै टोलटोलमा सभा आयोजना गरी आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न कस्सिएका छन् । आफ्नो प्रचारसँगै विपक्षी पार्टीको भण्डाफोर अभियानलाई पनि दलहरुले उत्तिकै महत्व दिइरहेका छन । सबै दलहरु आ–आफ्नो बहुमत सिद्ध गरी सरकार बनाएर ५ वर्षसम्म स्थानीय सत्ता हाँक्ने सपनामा मग्न रहँदा स्थानीय चिया पसलहरुमा पनि चुनावकै चर्चाले प्राथमिकता पाउन थालेको पाइन्छ ।
यसैबिच त्रियुगा नगरपालिकामा पनि चुनावि सरगमि चलिरहेकाे बेला नेपाली कांग्रेसका युवा नेता राकेस खत्रीले मेयर पदकालागि आफ्नाे उम्मेद्वारी घाेषणा गरिसकेका छन । त्रियुगा नगरमा खत्रि कुनै नाैलाे नाम भने हैन । उनकाे रानीतिक यात्रा देखि समाजमा गरेकाे उदाहरणिय सामाजिक कामहरूले त्यहा वासिन्दाहरू उनकाे खुलेरै चर्चा गर्दछन । सबैसंग मिल्ने मिजासिलाे स्वाेभावका खत्री आफ्नाे नगरलाइ सुखि र समृद्ध नगरी संग संगै कृषिकाे उर्वर भुमि बनाउन मेयरमा उम्मेद्वारी घाेषणा गरेकाे बताउछन ।
२०५३ साल देखी त्रियुगा मा.वि.स्कुलको ईकाइ सभापती हुदै, २०६१ सालमा ने.वि.संघ उदयपुर जिल्ला सभापति, २०६४ सालमा ने.वि.संघ केन्द्रिय सदस्य हुदै ,१३ औ महाधिवेशन पछि नेपाली कांग्रेस जिल्ला सदस्य भएर २५ बर्ष देखी पाटीको कुनै न कुनै भुमिकामा देखा पर्दै आइरहेका उनि याे पटक नगर हाक्न सक्ने कुशल नेतृत्वकर्ताकाे रूपमा अाफुलाइ अब्बल ठानेर अघि बढेका छन ।
आफुले मेयरमा जिते नगरलाइ देशकै नमुना नगरपालिकाकाे रूपमा बिकाश गरेर लैजाने ठाेकुवा गरेका उनले कागजि घाेषणा पत्र भन्दा ब्यवहारिक रूपमा काम गरेर जनताकाे मन जितेर देखाउने प्रतिवद्धता समेत जाहेर गरेका छन । राजनीति संगै सामाजिक क्षेत्रमा पनि उत्तिकै कृियाशिल खत्री नेपाली कांग्रेसकाे केन्द्रिय तह देखि जिल्ला तथा नगरमा समेत नेतृत्व लिइसकेका कुशल नेतृत्वकर्ताका रूपमा मानिन्छन ।
किन जिताउने खत्रीलाइ ?
नगर क्षेत्रमा रहेका कृषकहरूकाे हकहितकाे संरक्षण गर्दै कृषकहरूलाइ प्राेत्साहन स्वाेरूप प्रत्येक वर्ष बिभिन्न याेजनाहरू ल्याइने उनले बताउदै आएका छन । उनले आफू विजयी भए त्रियुगाको रौनक बढाउने, नगरलार्ई समृद्ध बनाउने आफ्नो योजना रहेको बताए । खत्रीले थपे, ‘मेरो उम्मेदवारी भनेको कागजी घोषणा मात्रै होइन, व्यवहारमा नै सभ्य सहर बनाउनको लागि पनि हो । सुरक्षाको अनुभुति गराउनको लागि पनि मेरो उम्मेद्धवारी हो, ठूला तथा खुद्रा व्यापारीहरुको सुरक्षा र हकहितको लागी काम गर्नेछु ।’
त्यस्तै उनले त्रियुगा नगर भित्रका किसानहरुको हकहितको लागि पनि आफूले पहलकदमी लिने बचन दिए । खत्रीले थपे,“ईतिहाँसमा त्रियुगाको कृषिमा पनि विकास गर्न, हरेक गाउँमा शहर बनाउन, मेरो उम्मेद्धवारी हो। मोवाइल हेल्थ क्लिनिक चलाउने छु, युवा, तथा खेलाडीहरुलाई प्रोत्साहन, खेलकुद परिषद बनाउने छु । त्रियुगा नगरलाई सुगम बनाउनेछु । सडक व्यवस्थापन गर्नेछु ।’ त्यस्तै उनले त्रियुगा नगरलाई प्रदेश नम्बर १ को सुन्दर नगरी हुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
इटहरी । संघीय सरकारले देशभरका स्थानीय तहहरुको नि... ... ...
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरूलाई विशिष्ट ... ... ...
इटहरी । प्रदेश नम्बर १ को इटहरीमा रहेर अढाई दशक अ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved