सार्वजनिक सहकारी इटहरीकाे १०औं वार्षिक साधारण सभा : सबै हिसाब किताब पारदर्शी हुनुपर्छ : मेयर पाैडेल

  • प्रकाशित मितिः श्रावण 22, 2079
  • 131 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरीस्थित सार्वजनिक बचत तथा ऋण सहकारी संस्थाले शनीबार १० औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष चेतन धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृस्ट बचतकर्ता देखि , कर्मचारीहरू सम्मलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले सहकारीले देशको अर्थतन्त्रमा टेवा पुर्याउदै आएको बताए । उनले सञ्चालक समितिहरूको फटाइका कारण केहि सहकारीहरू धरायसी र केही बन्द हुन पुगेको उदाहरण ब्यक्त गर्दै उनले प्रत्येक सहकारीहरू पारदर्शि ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए ।  

वि.सं. २०६८सालमा स्थापना भएको सहकरीमा हाल ४ सय ३८ जना सेयर सदस्य रहेका छन भने ३५ लाख ३९ हजार ३ सय शेयर पुजी रहेको वार्षिक प्रतिवेदन पुस्तकमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस