पर्यटन विकासमा मनोविज्ञान

  • प्रकाशित मितिः असार 13, 2075
  • 174 पटक पढिएको
  • इटहरी दर्पण

  • रमेश भट्टराई ‘सहृदयी’

नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताले पर्यटन विकासको सम्भाव्यतालाई छातीमा लुकाएको छ । प्राकृतिक सौगातले नेपालीको भविष्यलाई कायापलट गराउने सम्भावना मुलुकका कुनाकाप्चामा त्यसै लुकिरहेका लाग्छन् । छाँगा, छहरा, झरना, ताल तलैया, मठ मन्दिर, कृषि विकासका क्षेत्र, गुराँसे मैदान या त प्राकृतिक वातावरणसँग यी सम्भाव्यता चियाइरहेका छन् । आशा र अपेक्षाका सूचीलाई लाभप्रद बनाउन अबको माग र आवश्यकता अपरिहार्य बन्दै गएको अनुभूत हुन्छ । एक त महँगीका मारका कारण आन्तरिक पर्यटकले चाहँदा चाहँदै चाहेका स्थानमा भ्रमण गर्न सकिरहेका हुँदैनन् । आजको आवश्यकता एकातिर उच्च स्तरीय सेवा र सुविधाको माग हो । सञ्चार प्रविधि, इन्टरनेट समेत आवश्यकताको सूचीमा दर्ता भइसकेको छ ।

अर्कातिर सामान्य स्तरका पर्यटकले पोखरा, मुस्ताङ या त असनतिरका होटलमा रमाउन निकै सोच्नुपर्छ । पैसा कमाउने नाउँमा ब्रह्मलुटको लालसाले मानवता गिरेको आभास हुन्छ । सेवा सुविधाको उचित व्यवस्थापन गर्ने मार्गचित्र कोरिने कानुन फितलो बन्दा मनलाग्दी चर्को शुल्कको मारमा पर्यटक पर्छन् । वास्तवमा व्यक्तिगत खर्चबाहेक लाग्ने खर्चको वैज्ञानिक खाका जोडिएर विवरण सार्वजनिक हुनेसम्मको सोचसँग सहसम्बन्ध भए राम्रै होला । एकातिर आशा र चाहना अर्कोतिर सुविधा र महँगी आपसमा विरोधाभाष बन्दारहेछन् । मुस्ताङका डाँडापाखामा रमाउन चाहने नेपालीले एक पटक राम्रैसँग सोच्न बाध्य बन्नुपर्छ । यसमा आर्थिक पक्षसँग गाँसिएको मनोविज्ञान छ । सस्तो र सुलभ तर व्यवस्थित गुणस्तरीय पर्यटकीय सुविधा दिएमा घाटाभन्दा धेरै नाफा नै हुने अर्थशास्त्रीय नियमलाई कतै हामीले भुलेका त होइनौँ । ‘वस्तुको मूल्य घटेमा माग बढ्छ’ भन्ने मान्यतातिर आँखा दौडाउँदा सुविधा दिई सस्तो बनाउँदा सेवाग्राहीले धेरै पर्यटकलाई स्वागत गर्न पाउँछन् । अर्को पक्ष प्रचार प्रसारको व्यापकता हुन्छ । आखिर एकै पटक ठूलो भागको आशा गर्दै पैसावाललाई मात्र स्वागत गर्न चाहने प्रवृत्तिलाई हेर्दा माक्सवादी सोचका आधारमा त वर्गीय विभेद पनि भएकै छ । फेरि त्यहाँ आर्थिक विषमता उत्पन्न हुने स्वाभाविकै भयो । 

यो आवाज अचम्मको बन्ला तर यस्तो लाग्छ– पर्यटकीय सुविधामा अपाङ्गमैत्री सोच निर्माण हुनुपर्छ । महिला बालबालिकामैत्री सुविधा होऊन् । वृद्धवृद्धाले मजाले आनन्द लिऊन् । सुविधा धेरै दिएर पनि खुसी पस्कँदा व्यापार घाटा हुन्छ भने हामी भन्न सक्छौँ मानिस त सस्तो व्यापारको होलसेलमै त झुम्मिन्छ । यदि त्यसो हो भने पर्यटकीय स्थलमा चर्को महँगीकै फेसन किन चलाइरहनुप¥यो ? सर्वहारा वर्गको नेतृत्व त्यहाँ हुन सक्दैन भने के पर्यटकीय स्थल हुनेखाने या त पैसावालकै लागि मात्र हो त ?

 

Ramesh-bhattaraiसायद यो सवाल सबैमा पाच्य नबन्ला तर आजको मागसँग सम्बन्धित हो भन्दा फरक नपर्ला । यद्यपि स्पष्ट भावना हो– हरेक होटलवाला, गाडीवाला स्वदेशी पर्यटकसँग भन्दा विदेशीसँगै पैसाको ठूलो मुठो हेरेर आकर्षित बन्छ । तर उसले बुझ्नुपर्ने महŒवपूर्ण विषय हो– स्वदेशी पर्यटकले त्यो सुविधाको राम्रो प्रचार गर्छ । खानपान, भ्रमण सुविधा, सेवा र दामको तादात्म्यतासँग नेपाली मौलिकता जागोस् । साहित्य, सङ्गीत, भाषा, राष्ट्रियता र सस्कृति झल्किऊन् । दुःखको कुरा विदेशी पर्यटकलाई हामी नेपालीले भिखारीको जस्तो भान पारिरहेका हुन्छौँ । जबर्जस्ती आफ्नो सामान भिराउन खेदिरहेका दृश्य, पैसा माग्दै हात थापेका दृश्य कति लज्जास्पद लाग्छन् । यी विषय झिना मसिना हुन् तर मनोविज्ञानको कोणमा घातक अवश्य हुन् । 

 

नेपाल पर्यटन बोर्डले २०७४ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएको हालसम्मकै उच्च तथ्याङ्क पेस ग¥यो । हुन त यसअघि नेपालको राजनीतिगत सङ्क्रमणले झापड हानेकै हो । बन्द हड्तालको चर्को विसङ्गतले नेपाली मर्मलाई बज्र हान्यो । यसरी हेर्दा सन् २०१२ मा ८ लाख पर्यटक भिœयाएको नेपालले २०१६ मा साढे सात लाखलाई स्वागत गरेको बुझिन्छ ।

नेपाल पर्यटन बोर्डले २०७४ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएको हालसम्मकै उच्च तथ्याङ्क पेस ग¥यो । हुन त यसअघि नेपालको राजनीतिगत सङ्क्रमणले झापड हानेकै हो । बन्द हड्तालको चर्को विसङ्गतले नेपाली मर्मलाई बज्र हान्यो । यसरी हेर्दा सन् २०१२ मा ८ लाख पर्यटक भिœयाएको नेपालले २०१६ मा साढे सात लाखलाई स्वागत गरेको बुझिन्छ । यसको मूल कारक त देशको व्यवस्था सुधार हो भन्न सकिन्छ भने अर्को पक्ष २०७४ मा हालसम्मकै विशाल ‘हिमालय ट्राभल मार्ट– २०१७’ कार्यक्रमको ऐतिहासिक कार्यक्रम सम्पन्न भयो । हिमाल आरोहणको आकर्षक उपस्थितिमा नेपालको आर्थिक समृद्धिका स्वप्न रेखा कोरिएका छन् । आज स्थानीय सरकारदेखि प्रदेश र सङ्घका कार्ययोजनाले पर्यटन विकासका मार्गदिशामा नातो गाँस्न चाहेका विकासवादी विषय छन् ।                                      

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उत्साहवद्र्धक कार्यक्रम र प्रभावकारी व्यवस्थापनको रणनीतिमा सरकार गम्भीर हुने हो भने पर्यटन व्यवसाय नेपालको सुन्दर र भरपर्दो आर्थिक समृद्धिको आधार बन्छ । नवीन सोच, माग र पूर्तिको वैज्ञानिक व्यवस्थापनले नेपालको आर्थिक भविष्यको दर्बिलो आधार निर्माण गर्न सक्ला । सीमित पूर्वाधार र अस्थिरताको चर्को मारमा पनि पर्यटन उद्योग नओइलाएको विज्ञका मत छन् । हेर्ने नै हो भने पर्यटन उद्योगको उचित, मनोवैज्ञानिक, व्यवस्थित व्यवस्थापनसँग नेपाल सरकार र सरोकारको एकता आवश्यक छ । विभिन्न एनजीओ आईएनजीओले पर्यटन व्यवसायलाई आफ्नो ढाँचामा चलाइरहँदा नेपाल सरकारले पर्यटकीय अवस्थासँग खुलेर तालमेल र व्यवस्थापन गर्न सकेको लाग्दैन । हस्तकला, मूर्तिकला, चित्रकला, भेषभुषा, नेपाली मौलिकताको झलक, पहिचान र पहिरनका आफ्नोपना या त दोभाषेको व्यवस्थापन, विश्वासिलो सरकारी व्यवस्थापन भएको लाग्दैन । खोज, अन्वेषण, स्थलगत व्यवस्थापन, यातायातको व्यवस्थापन र विकल्प, सरसफाइ लगायतका विषयमा सरकारले ध्यान पु¥याउन सके अवसर र आर्थिक समृद्धिको आधारमा दह्रो चर बस्ने थियो । मूलतः रेमिट्यान्स र पर्यटनबाट धान्दै आएको मुलुकको अर्थतन्त्रका बारेमा गाँसिने विषयमा नयाँपन र सम्भव योग्य सम्भाव्यको अनुसन्धान गर्दै अघि बढ्नु आवश्यक छ । चैत्य, गुम्बा, मन्दिर, मठ, धारो, चौतारो, पार्टीका या त पर्यावरणीय व्यवस्थापन होस् । यसमा पदयात्रा, अनुसन्धान खानी उद्योग अध्ययन, जैविक, सांस्कृतिक पहिचान उत्थान र विकाससँग पर्यटकीय सम्भाव्यता गाँसिन्छन् । चौतारीमा वर पीपल रोपियून् । मानिसको सम्बन्ध प्रकृतिसँग हुन्छ । मानिसलाई भौतिक, सांस्कृतिक मूलतः मौलिक व्यवस्थापनले तान्ने हो । त्यसमा कृत्रिमता भन्दा प्राकृतिक सुन्दरताको व्यवस्थापन होस् किनकि सहरीकरण र अव्यवस्थित बस्तीको अपारदर्शी प्रतिस्पर्धाको सङ्कुचनले पर्यटकीय गन्तव्य स्थल दिक्क लाग्दो बन्छ ।     

मूलतः विदेशी पर्यटक नेपालभित्र प्रवेश गरिसक्दा तिनलाई आवश्यक पूर्वाधारको जानकारी होओस् । आवश्यक मार्गनिर्देन सूची तिनका हातमा परोस् । नेपाल भूमिमा सुन्दर स्वागत होस् । अप्ठ्यारोमा परेकालाई सुविधा दिने विश्वासिलो निकाय बनोस् । होटल, यातायातको व्यवस्थापन गरियोस् । अध्ययन, भ्रमण, अनुसन्धानका उद्देश्य जे भए पनि सहायता दिइयोस् । ग्रामीण पर्यटनका साथमा मौलाउँदै आकर्षक बन्न पुगेको होमस्टे सेवाले पर्यटकको मनलाई तानिरहेको हुन्छ । तर ग्रामीण पर्यटन विकास, स्थानीय स्रोतको खपत हुने खाले कृषिजन्य सेवा विकासका दोहोरो फाइदा बारे सोच्ने समय आएको छ । कतिपय सन्दर्भमा साँच्चै लुट्ने प्रवृत्तिले पर्यटन व्यवसायमा ध्वाँसो लागेको भान हुन्छ । मूल्य घटे माग बढ्छ । व्यावसायिक नियममा थोरै बेचेर धेरै कमाउने भन्दा धेरै बेचेर धेरैलाई सुविधा दिएर धेरै नै लाभ लिने नियमका बारेमा सोचे पनि हँदैन त ! प्रकृति, संस्कृति, इतिहास, कला, पुराताŒिवक धरोहर, पहिरन तथा प्राचीन तर नवीन वैज्ञानिक विकासका बारेमा मनन गर्ने आवश्यकता अबको माग हो । ग्रामीण पर्यटनले नयाँपन दिने र त्यहाँका जनताले अवसर पाउने विषयलाई गुणात्मक ढङ्गले सोच्नुपर्ने देखिन्छ ।

नाराका टेबल गफभन्दा व्यावहारिक वास्तविकतासँग नातो गाँस्नुपर्ने आवश्यकतामा सरोकारको ध्यान जानुपर्ने हो । बरु यसका लागि त आधुनिक ढङ्गका डकुमेन्ट्रीको खाँचो महसुस हुन्छ । मूलतः लुम्बिनी, पोखरा, इलाम, मुस्ताङ, कर्णाली क्षेत्र, कैलाली क्षेत्र, मध्यमाञ्चल क्षेत्रजस्ता स्थानका नाम आइरहे पनि लुकेका स्थानको खोज, अन्वेषण र सम्भावनालाई खोतल्नु आजको टड्कारो आवश्यकता हो । भ्रष्टाचारी कुप्रवृत्ति र कतिपय पर्यटकीय स्थलका सिन्डिकेटको मारमा आजका पर्यटकका पीडा र अप्ठ्यारा छन् । प्रशासकीय भागबन्डाले गैरजिम्मेवार नेतृत्वको असरले झापड हानेको अनुभूत हुन्छ । व्यक्तिगत स्वभाव र प्रवृत्तिले पनि मनोवैज्ञानिक अप्ठ्यारा सिर्जना भइरहेका तीता विडम्बना छन् । नीति, कानुन र बजेट व्यवस्थापनका कुरामा भन्दा बढी जनतालाई प्रोत्साहन, सम्भाव्यता प्रदर्शन र अवसरका बाटा खुला गर्ने रणनीति तयार पारे पर्यटन विकास र साथमा कृषि र रोजगार विकासको दोहोरो फाइदा हुने कुरालाई मनन गर्न सकिएला । हुनलाई संविधानतः स्पष्टोक्ति छन्, टुरिजम भिजन २०२० का आन्तरिक पर्यटन र ग्रामीण पर्यटन विकासका योजना या त बजेट तर्जुमाका विषयले विश्व बजारलाई जेजसरी छाप पार्लान् तर यससँग सम्बन्धित मनोविज्ञान र बाध्यतामा देशको अवस्थाले प्रभाव पार्दो रहेछ । सुविधा र सोचमा लहसिएको सामाजिक मनोविज्ञानले झापड हान्दो रहेछ । यसर्थ रिसोर्ट, मनोरञ्जनका आकर्षक केन्द्रसँग आर्थिक अपेक्षा र बजारीकरणको उचित संयोजनको खाँचो महसुस हुन्छ । निजी क्षेत्रमा सहकार्य र लाभांश वितरणसँग अब त स्थानीय सरकारको सहसम्बन्ध गाँसिएला नै । आधुनिक पर्यटकीय व्यवस्थापनका लागि अब सर्वहारा वर्गको समावेशी नूतनता चाहिन्छ । माग र पूर्तिको नियम तथा मूल्य घटे माग बढ्ने अर्थशास्त्रीय सहसम्बन्धको मनोविज्ञानसँग पर्यटन मनोविज्ञानले झटारो हानेको भान हुन्छ ।राताेपाटीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस