अबरूद्ध नमस्ते झरना अाजबाट खुल्याे , अब कुनै हालतमा ढुंगा झर्दैन

  • प्रकाशित मितिः श्रावण 21, 2075
  • 236 पटक पढिएको
  • इटहरी दर्पण

इटहरी । पूर्वकाे पर्यटकीय स्थलकाे रूपमा परिचित धनकुटाकाे साँगुरीगढी गाउँपालिका वडा नं. ६ सिम्सुवामा रहेको नमस्ते झरना अाज साेमबारबाट सञ्चालनमा अाएकाे छ । एक महिना लगाएर सबै ब्यवस्थापनकाे काम सकेपछि अाज बिहानैबाट साे झरना सुचारू भएकाे हाे । सपरिवार सहित घुम्न गएका इटहरी ९ का विक्रम तामाङलार्इ एक महिना अघि झरना माथिबाट झरेकाे ढुंगाले लागेर मृत्यु भएपछि मर्मतकालागि भन्दै ब्यवस्थापन पक्षले अागन्तुक पर्यटकहरूकालागि झरना प्रवेसमा राेक लगाउदै अाएकाे थियाे । 

एक महिनाकाे समय लगाएर सम्पुर्ण ब्यवस्थापन मिलाएपछि साेमबार बिहानैबाट पर्यटकहरूकालागि झरना सुचारू गरिएकाे व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अग्नि लिम्बूले जानकारी दिनुभयाे । झरना घुम्न आउने पर्यटकको सुरक्षाको लागि झरनाको दायाँ–बायाँ माछीकाँडे जाली लगाइएको र पर्यटकहरूकाे शुरक्षाकालागि शुरक्षा गार्डकाे समेत ब्यवस्था मिलाइएकाे अध्यक्ष लिम्बुले बताउनुभयाे। साँगुरीगढी गाउँपालिकाको ६ लाख आर्थिक सहयोग र स्थानीय समुदायको ५० हजार गरी ६ लाख ५० हजारमा झरनामा ढुङ्गा नझर्ने गरी माछीकाँडे जाली लगाइएकाे बताइएकाे छ ।

यता बिहानैबाट झर्ना सुचारू भएपछि अागन्तुक पर्यटकहरूकाे घुइचाे लागेकाे छ । तराइकाे अाैधि गर्मि छल्नकै लागि भएपनि नमस्ते झर्नामा जाने पर्यटकहरूकाे घुइचाे लागेकाे ब्यवस्थापनसमितिले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस