दोस्रो चरणको कोरियन भाषा परीक्षाको मिति तोकियो

  • प्रकाशित मितिः श्रावण 24, 2075
  • 139 पटक पढिएको
  • इटहरी दर्पण

इटहरी । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । दोस्रो पटक रोजगारीका लागि कोरिया जान चाहनेका लागि भाषा परीक्षा भदौ ८ गते हुने भएको हो ।वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा अथवा सिबिटी सञ्चालन गर्ने जनाएको छ।

यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ ।कामदारले मीनभवनमा रहेको निजामती अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलमा रहेको पाटन अस्पताल र थिमीको कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सक्ने छन । 

प्रतिक्रिया दिनुहोस