अाहाँ गाेकर्ण : अब फिल्म सुटिङ संगै पिकनिक स्पाेर्ट पनि

  • प्रकाशित मितिः श्रावण 29, 2075
  • 266 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी / मोरङको शुन्दरहरैचा स्थित पर्यटकिय स्थलको रूपमा परिचित गोकर्ण रिसोर्ट पछिल्लो समय पर्यटकिय गन्तब्य संगै सानो पर्दामा देखिने सर्ट मुभि तथा म्युजिक भिडियो सुटिङका लागि आकर्षक बन्दै गएको छ । गर्मि यामको चर्काे घामसंगै सितलता प्राप्त गर्न गोकर्णमा बनेको स्विमिङको मजा लिन आउने पर्यटकहरूको अहिले घुइचो लाग्ने गरेको छ । इटहरीबाट करीब ५ सय मिटर पूर्व दिशामा पर्ने यस रिसोर्टमा बनाइएका संरचनाहरू बालबालिका देखि बृद्धहरू सम्मकोलागि आकर्षक र मनै लोभ्याउने आकृतिका छन ।

अहिले यस स्थानमा साना चलचित्र तथा म्युजिक भिडियोको सुटिङ सातै पिच्छे हुने गरेका छन । स्थापनाको समयमा दैनिक २० देखि ५० सम्म आन्तरिक पर्यटकहरूको आगमन रहने यस गोकर्ण रिसोर्टमा हाल दैनिक ३०० देखि १८ सय सम्मका आन्तरिक तथा बाहिय पर्यटकहरू आउने गरेका छन । रिसोर्ट भित्रका हरियाली बाताबरण सेमिनार भवन टाढाबाट आएका पर्टकहरूकालागि खाना सहितका आवासीय भवनहरूकै कारण पछिल्लो समय पूर्वको मेचि देखि पश्चिममा महाकालि सम्मै यस रिसोर्टको चर्चा चुलिएको पाइएको छ ।

Gokarna दैनिक झापा हुदै पाँचथर सम्मका पर्यटकहरू बिभिन्न सञ्चारमाध्यममा सुनेको बिज्ञापनकै भरमा यहा आउने र आइसकेपछि साच्चै रमाइलो रछ भन्दै खुलेरै प्रसंशा गर्दै फर्कने गरेको पनि भेटिएका छन । इलाम फिक्कलका ३८ बर्षिय गणेश अधिकारी आफ्नो ४ जनाको स परिवार एक एफएममा सुनेको बिज्ञापनकै भरमा यस ठाउ घुम्न आएको तर आएर हेर्दा बिज्ञापनमा भने भन्दा निकै उत्कृस्ट र मनमोहक लागेको बताउछन । उनि इटहरीस्थित एक आफन्तकहा आएको बेला फुर्शद मिलाएर सपरिवार गोकर्ण आएको पनि बताए ।

3त्यस्तै मोरङको उर्लाबारीबाट आएका कलेजका बिद्यार्थिहरूको भनाइ पनि यस्तै छ । साथिले फेशबुकमा फोटो हालेको देखेर हामि ग्रुपमा मिलेर गोकर्ण घुम्न आएको सुने भन्दा ४ गुणा राम्रो लाग्यो मोरङ उर्लाबारीस्थित एक कलेजकि बिद्यार्थि निकिता चापागाइले बताइन । ठुला भन्दा पनि केटाकेटिकालागि बनेको फन पार्क बेस्ट लाग्यो उन्ले थपिन ।

मुल स्वागत गेटबाट छिर्ना साथ अघाडी देखिने डाइनेसोरको आकृतिले गोकर्ण आउने धेरै जसोको मन लोभ्याएको देखिन्छ भने चारैतिर सजिएर बनेको गार्डेन बच्चाहरूकालागि बनेको शुरक्षित पार्क र युवा युवतिहरूकालागि डेटिङस्थल संगै अत्याधिक गर्मिकालागि स्विमिङ पुलपनि आर्कषक गन्तब्य बनिने गरेको छ ।

यता पर्यटकहरूको भावना बुझेर गोकर्णलाृइ थप बयवस्थित बनाउने कार्यमा सञ्चालक टिम लमगि परेको छ । घुम्न आउने पर्यटकहरूकालागि बिभिन्न मनोरञ्जनका कुराहरू छदैछन र अझैपनि त्यस्लाइ ब्यवस्थित बनाउने कार्यमा हामि लागि परेका छौ रिसोर्टका ब्यवस्थापक बिज्ञान रायले बताउनुभयो ।

2उहाका अनुसार थोरै जग्गा खरिद गरेर अब पिकनिक स्पोर्ट पनि बनाउने कार्य भइरहेकोले यहि बर्षदेखि गोकर्णमा पिकनिकको मजालिन सकिने भएको छ । ३ देखि ४ सय जना सम्म अटाउने पिकनिक स्पोर्ट बनाउने कार्य भइरहेको छ लगभग भदौ भित्र निर्माण कार्य सकिने र यसै बर्षदेखि यहा पनि पिकनिकको मजा लिन सकिने रिसोर्टका ब्यवस्थापक रायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस