यि हुन १३ हजारमा इज्जत फाल्ने इटहरी १० का वडा सचिव , जाे घुस लिदा लिदै रंगे हात समातिए

  • प्रकाशित मितिः भदौ 1, 2075
  • 18182 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं १० का वडा सचिव नायब सुब्बा विदुर रेग्मीसेवाग्राहिहरूबाट लिएकाे घुसकाे रकम सहित शुक्रबार दिउसाे रंगेहात समातिएका छन । उनलार्इ अख्तियार प्रदेश नं एककाे सम्पर्क कार्यालय इटहरीले शुक्रबार रंगेहात नियन्त्रणमा लिएकाे हाे ।

बिभिन्न बहानामा सेवाग्राहिहरूबाट पटक पटक रकम लिदै अाएका रेग्मि याे पटक भने नमिठाे जालमा फसे र रंगेहात अख्तियारकाे टाेलिसामु प्राउ समेत परे । उनलार्इ इटहरीकाे राेजरक माेमाे हाउसबाट अख्तियार र प्रहरीकाे टाेलिले नियन्त्रणमा लिएकाे जनाइएकाे छ । 

एक ब्यवसायीबाट हाेटल दर्ता गरे बापत बिहीबार रू ५ हजार र शुक्रबार १३ हजार लिएकाे अनुशन्धानबाट खुलेकाे छ । बिहीबार ५ हजार उम्काएपनि शुक्रबार १३ हजार लिन अाउदा सिधै अख्तियारकाे फन्दामा परेका वडा सचिव रेग्मिलार्इ  नियन्त्रणमा लिएर थप अनुशन्धान सुरू गरेकाे अख्तियारकाे प्रदेश एक अन्तरगत सम्पर्क कार्यालय इटहरीले जनाएकाे छ । यता पक्राउ परेका वडा सचिव रेग्मिले भने अाफुलार्इ जबरजस्ति हातमा पैसा थमाएर घुस दिएकाे भनि फसाउन खाेजिएकाे दाबि गर्दै अाएका छन । 

 

प्रतिक्रिया दिनुहोस