के इटहरीकाे तालतलैया बिश्वकै नमुना पर्यटकिय स्थल बन्न सक्ला ? यि हुन सम्भावना र चुनाैति

  • प्रकाशित मितिः भदौ 19, 2075
  • 446 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । पूर्वको ब्यापारीक हव संगै प्रदेश एकको सम्भावित राजधानीको उपनामले चिनिएको सुनसरीको इटहरीदेखि करीब ५ किलोमिटर पूर्व दिशामा पर्ने पर्यटकिय स्थल तालतलैया यतिबेला आन्तरीक तथा बाहिय पर्यटकहरूको गन्तब्य बनिन थालेको छ । चारैतिर पानिको श्रोत बलियो रहेकैले सदैव हराभरा रहिरहने र बिभिन्न प्रकारका चराचुरूङगीहरूको सुमधुर आवाजसंगै सिमसार क्षेत्रको अवलोकन गर्न सकिने भएकै कारण पछिल्लो समय तालतलैयामा आगन्तुक पर्यटकहरूको घुइचो लाग्ने गरेको हो ।

पूर्वकै सबै भन्दा सस्तो टिकट दरमा प्रवेश गर्ने सुविधा उपलब्ध भएपछि अन्य पर्यटकिय स्थलको तुलनामा तालतलैयामा धेरै पर्यटकहरूको आगमन हुने गरेका हुन । अझ बिगतको भन्दा अहिले थप ब्यवस्थित सिमसार क्षेत्रको संरक्षण र चिल्ड्रेन पार्क संगै आइसक्रिम पार्लर तथा हालै इटहरी उपमहानगरको सहयोगमा ल्याइएको मोटरबोटले तालतलैयालाई थप आकर्षक बनाएको छ भने बिभिन्न आकृतिमा खोपेर बनाइएका ढुंडाका मुर्तिहरू पनि पर्यटकहरूको राजाइमा पर्ने गरेको छ ।

पछिल्लो समय इटहरी उपमहानगरको साढे ८ लाख रूपैया अनुदानमा खरीद गरीएको मोटरबोट आन्तरिक पर्यटकहरूकालागि थप आकर्षक बनेको छ । अहिले सो माटरबोट चढेर सिमसार अवलोकन गर्न आउने पर्यटकहरूको पनि उतिकै घुइचो लाग्ने गरेका छन ।उक्त मोटरबोटको प्रदेश एकका मुख्य मनत्री शेरधन राईले गत साउन १३ गते समुदघाटन गरेका थिए । तालतलैया क्षेत्रमा साना तथा ठुला गरी ६ वटा सिमसार क्षेत्रहरू रहेका छन ।

jetbotपर्यटकहरूको आगमनलाई थप मध्यनजर गर्दै तालतलैया संरक्षण समितिले भएका भौतिक संरचनाहरूलाई अझ ब्यवस्थित बनाउने र नभएकाहरूलाई पुर्णता दिदै जाने , चिल्ड्रेन पार्कलाई चिटिक्कको बनाउने र थप चराचुरूङगी संगै अन्य जनावरहरू पनि ल्याएर राखिने भएको छ । बिशेष गरी गर्मियाममा भन्दा चिसो मौसममा पर्यटकहरूको घुइचो लाग्ने यस क्षेत्रमा अब्यवस्थित शौचालय र खानेपानीलाई ब्यवस्थित बनाउने कार्यमा संरक्षण समिति लागि परेको छ ।

बिशेष गरी दशै तिहार सकिएलगत्तै सुरू हुने पिकनिकको बेला आन्तरिक एवम बाहिय पर्यटकहरूको घुइचो लाग्ने गरेको र त्यसकालागि तालतलैयालाई थप ब्यवस्थित बनाउने काममा हामि जुटेका छौ तालतलैया संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बुले बताउनुभयो । उहाले भएका भौतिक संरचनाहरूको दिर्घकालिन संरक्षणकालागि घेराबार , सिमसार क्षेत्रमा बृक्षारोपण , बालबालिकाहरूकालागि शुरक्षित पार्क र जनावरहरूकालागि ब्यवस्थित चिढियाघरको ब्यवस्था भइरहेको पनि बताउनुभयो ।

यस्ता छन योजना

पछिल्लो आन्तरिक संगै बाहिय पर्यटकहरूको पनि रोजाइमा पर्दै गाएको इटहरीस्थित रमणिय स्थल तालतलैयालाृइ बिकासकालागि थुप्रै योजनाहरू रहेका छन । जसमध्ये प्रमुख योजनाहरू यस प्रकारका रहेका छन ।

यहा भएका पोखरीहरूमध्ये २ ठुला पोखरीहरूलाई जोडेर एउटै बनाउने र करिब ८ देखि १० हेक्टर जमिनलाई टापु बनाएर थप मोटरबोट चलाउने योजना रहेको समितिका अध्यक्ष लिम्बु बताउनुहुन्छ । यसकालागि इटहरी उपमहानगरले यसै बर्षदेखि पर्यटन क्षेत्रको बिकासकालागि तालतलैयालाई रू ५० लाख बजेट पारित गरेको र प्रदेश सरकारले पनि ५० लाख बजेट दिने लगभग पक्का भइसकेको पनि उहाले बताउनुभयो ।

yyभएका सिमसारलाई अझ फराकिलो बनाइ थप मोटर बोट , जल परी जस्ता डुंगा ल्याएर पर्यटकहरूलाई आकर्षित बनाउने अर्काे मुख्य योजना रहेको उहाले जानकारी दिनुभयो । त्यस्तै अब सुरू हुने पिकनिकको बेला थप स्पोर्टहरूको निृमाण कार्य सुरू गरिने र पर्यटकहरूकालागि ब्यवस्थित शौचालय अनि खानेपानिको ब्यवस्था मिलाइने योजना अनुरूप समिले काम गरिरहेको पनि अध्यक्ष लिम्बुले बताउनुभयो ।

त्यस्तै तालतलैया आसपासका क्षेत्रहरूमा ब्यवस्थित होटलहरूको स्थापना र लामो बाटोबाट आएका पर्यटकहरूकालागि बास बस्ने उत्तम होमस्टेको स्थापना पनि तालतलैयाको योजना रहेको अध्यक्ष लिम्बुले बताउनुभयो ।

तालतलैयाका सम्भावना

प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले मोटरबोट उदघाटनकै बेला तालतलैयालाई नेपालकै मात्र नभइ बिश्वको नमुना पर्यटकिय स्थलको रूपमा परिचित गराउने उदघोष गरेका थिए । के साच्चै तालतलैया बिश्वकै नमुना पर्यटकिय स्थल बन्न सक्ला त ?यो अहिले चर्चाको बिषय बनिने गरेको छ । झण्डै २ शय हेक्टर जमिनमा फैलिएको यो पर्यटकिय क्षेत्रलाई सबैले मेहनत गरे बिश्वकै नमुना पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्न सकिने त्यहाका संरक्षण समितिसंगै पर्यटनबिदहरू बताउछन ।

तालतलैया संरक्षण समितिका अध्यक्ष तथा पर्यटनबिद बिरबहादुर लिम्बुका अनुसार भएका प्राकृतिक श्रोत र साधनको उपयोग मात्रै गर्ने हा भने यसलाई नेपालकै मात्र नभएर बिश्वकै नमुना पर्यटकिय क्षेत्रको रूपमा बिकास गर्न सकिने छ । बाहिय पर्यटकहरूको आकर्षक केन्द्र बनिन सके तालतलैयामा अन्तराष्ट्रिय लगानि भित्रनुकासाथै बिस्तारै यसको स्वरूप परिवर्तन हुदै जान्छ र बिश्वमा यस्ले अर्कै नाम पाउछ अध्यक्ष लिम्बु भन्नुहुन्छ । उहाका अनुसार यहाका सिमसार जस्तो अन्य कुनै स्थानमा पाइदैन र क्षेत्रफलको हिसाबले पनि यो उपयुक्त मानिन्छ त्यसैले सबैको अथक प्रयास पछि तालतलैया नमुना पर्यटकियस्थलको रूपमा परिचित हुन सक्नेछ ।

तालतलैयाका चुनौति

करीब २ शय हेक्टर जमिन ओगटेको भनिएपनि अहिले सम्म तालतलैयाको भु भाग कति भनेर कसैले मुल्यांकन र सिमा निर्धारण गर्न नसक्दा पर्यटकिय क्षेत्रको बिकासमा थप चुनौति देखिएको छ । यहि क्षेत्र निर्धारणकालागि नेपाल सरकारले पनि यसै बर्ष देखि तालतलैयामा डिपिआर तयार गर्ने हल्ला फिजाएको छ तर वास्तविकता भने बाहिर आएको छैन । निश्चित क्षेत्रफल निकाल्न नसक्दा अहिले तलतलैया सिमित क्षेत्रमा घेरा बन्दि गरि पर्यटकिय रूपमा बिकास भएको छ तर सिमानाकै कारण लामो समयदेखि समस्या उत्पन्न हुदै आएको छ ।

दोश्रो तालतलैया सम्म पुग्ने राजमार्ग भत्किएकाकारण दैनिक आउने पर्यटकहरूले निकै सास्ति खेप्नसपरिरहेको छ । यातायातको पहुच राम्रो पुगेको स्थानमा राजमार्ग भरी भएका खाल्डा खुल्डिले जोखिम पनि उत्तीकै बढाएको देखिन्छ । राजमार्गलाई ब्यवस्थित बनाउन सके पर्यटकहरू पनि तालतलैया तर्फ सहजै पुग्न सक्नेछन ।

तेश्रो टाढाबाट आएका पर्यटकहरूकालागि बस्नकालागि शुरक्षित होमस्टे तथा ब्यवस्थित लज नहुनु पनि पर्यटकियस्थलकोलागि एउटा चुनौति नै हो । टाढाबाट आएका पर्यटकहरु बस बस्नुपर्दा नजकिैको शहर इटहरी धाउन बाध्य छन । तर इटहरीमा पन भिने जस्तो सेवा सुबिधा भएका लजहरु थेरै मात्रामा सिमित रहिदिएपछि आएका पर्यटकहरु निरास हुदै फर्कन बाध्य छन ।

प्रतिक्रिया दिनुहोस