इटालीको रोभेरेटो शहरमा फहराइयो नेपाली झण्डा

  • प्रकाशित मितिः असार 13, 2075
  • 105 पटक पढिएको
  • इटहरी दर्पण

इटाली । इटालीको ट्रन्टो प्रदेशको रोभेरेटो शहरस्थित मरिया डोलेन्स ‘वेल अफ द फलेन’ मा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । २४ जुनमा भएको एक समारोहमा इटालीका लागि गैरआवासीय राजदुत दीपक धितालले पीस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अलवेर्टो रोवोललाई नेपालको झण्डा हस्तानतरण गरेका हुन् । सो अवसरमा पिस वेलको सामुन्ने राष्ट्रिय गानसहित झण्डोत्तोलन गरिएको जेनेभास्थित नेपाली राजदुतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस