गत बुधबार सुनसरीकाे धरानबाट बिप्लव नेतृत्वकाे नेकपाका कोशी ब्युरो सदस्य संगीत भनिने देवकुमार लिम्बूलाई नेपाली सेनाले प्रयाेग गर्ने अत्याधुनिक हतियार एम १६ र मेसिन गन सहित प्रहरीले नियन्त्रण लिएपछि अहिले प्रदेस एकमा शुरक्षा सम्बन्धि सेना , प्रहरी र प्रसाशन कार्यालयहरूमा खैलाबैला मच्चिन थालेकाे छ । नेपाली सेनाले प्रयाेग गर्ने हतियार कसरी बिप्लव कार्यकर्ताकाे हातमा पुग्याे याे बिषय अहिले स्थानीय तह हुदै प्रदेस र केन्द्रिय सरकार संग समेत पुगिसकेकाे छ । हतियार बरामद भएकाे बिषयमा नेपाली सेना , सशस्त्र प्रहरी भित्र पनि छानबिन सुरू भैसकेकाे अवस्था छ ।
दिनदहाडै बिप्लव कार्यकर्ताकाे हातबाट अत्याधुनिक हातहतियार बरामद भएपछि अति संवेदनसशिल र शुरक्षाकाे दृष्टिकाेणले बलियाे मानिएकाे प्रदेश एकमा थप शुरक्षा चुनाैति थपिएकाे देखिएकाे छ । धरान उपमहानगरपालिका–६ पानबारीबाट गत बुधबार दिउसाे सुनसरी प्रहरीकाे टाेलिले मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय संगीत भनिने देवकुमार लिम्बूकाे साथबाट एम १६ मेसिन गन बरामद गरेकाे थियाे ।बरामद गरिएको हतियारमा एम १६ एक नाल सोमा लाग्ने म्यागजिन एक थान र एलएमजी नाल १ थान र सोमा लाग्ने दुई थान म्यागजिन साथै त्यसमा लाग्ने बाईपर (स्टेण्ड) एक थान रहेको छ । हाल साे हतियारकाे बिषयमा बेग्लाबेग्लै स्थानबाट अनुशन्धान भइरहेकाे छ ।
बरामद गरीएका हतियार मध्ये एम १६ नेपाली सेनाकै रहेकाे बुझिएकाे छ । भने बाकिका भने सशस्त्र प्रहरीले प्रयाेग गर्ने हतियार रहेकाे अनुशन्धानबाट खुलेकाे छ । बाकस भित्र राखिएको हतियार बोरामा राखेर लिम्बु र पार्टीका केन्द्रिय सदस्य शेखर राई धरानबाट पानवारी जाने क्रममा बाटाेमा शंका लागेपछि प्रहरीले चेकजाच गरेकाे थियाे । चेकजाचकै क्रममा सेनाले प्रयाेग गर्ने हतियार फेला परेपछि प्रहरी समेत केहि समय झस्केकाे थियाे साेहि समय लिम्बुलाइ ततकाल नियन्त्रणमा लिन प्रहरी सफल भएकाे थियाे भने राइ अझै सम्म फरार रहेका छन उनकाे खाेजि कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
यता हतियार बरामदकाे घटनाले प्रदेश एक प्रहरी कार्यालय समेत झसङग बनेकाे छ । प्रदेश एक प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रमुख डिअाइजि केदार रिजाल स्वयम चकित बनेकाे बताउछन । डीआईजी रिजालले हतियार बरामद संगै अहिले प्रदेश नम्बर १ को सुरक्षा व्यवस्था कडा पारिएको र हरेक प्रकारका गतिविधिमा निगरानी बढाइएको बताए । उनले नियन्त्रणमा रहेका बिप्लवका कार्यकर्ता लिम्बु बिरूद्ध अनुशन्धान भइरहेकाे बताए । उनका अनुसार बरामद हतियार द्वन्दकालमा नेपाली सेनाको ब्यारेक आक्रमण गरी लुटिएको हुन भन्ने कुनै दुइ मत छैन । द्व्न्दकालमा लुटिएका नेपाली सेनाका हतियार अहिले कार्यकताकाे हातबाट बरामद हुनुले बिप्लव नेतृत्व संग अझै त्यस्ता हतियारहरू धेरै छन कि भन्ने अनुमान लगाइएकाे छ त्याे अनुशन्धान पछि खुल्नेछ प्रहरी प्रमुख रिजालले भने ।
सुनसरीकाे धरानस्थित पानवारीबाट अत्याधुनिक हतियार सहित बिप्लव कार्यकर्ता पक्राउ पर्नुले अर्काे रहस्य पनि हुनसक्छ । पटक पटक तराइका जिल्लामा जग बसाल्न बिप्लव माअाेवादिले अथक प्रयास गर्दै अाइरहेका छन तर अपसाेस सफल हुन सकेका छैनन । पहाडी जिल्लाहरूमा बिप्लवकाे पकड बलियाे बनेकाे कारण बम अातंक , चन्दा अातंक जस्ता घटनाहरू सार्वजनिक हुदै अाएका छन तर तराइका सुगम जिललाहरूमा यस्ता घटनाहरू त्यति सार्वजनिक हुने गरेका छैनन तसर्थ यसबाट पनि पुस्टि हुन्छ कि याे तराइमा राजनीतिक पाइला अघि बढाउने बिप्लवकाे रणनीति हाे ।
यस भन्दा अघाडी पनि उनले प्रदेश एकका बिभिन्न जिल्लाहरूमा बम अातंक मचाउने काेशिस गर्दै अाएका थिए तर शुरक्षाकै कारण असफल बन्दै अाएका थिए । अन्य जिल्लाकाे तुलनामा प्रदेश एकका सुगम जिल्लालाइ हेर्ने हाे भने बिप्लवले अायाेजना गरेकाे अान्दाेलनका कार्यक्रमहरू खुकुलाे हुने गरेकाे छ ।
केहि समय अघि गरेकाे बन्दका कार्यक्रमलाइ नै हेृने हाे भने पनि प्रदेश एकमा त्यति प्रभाव पारेकाे देखिदैन । जुनसुकै अान्दाेलनले पनि प्रदेश एकमा बिप्लव नेतृत्वलाइ साेझै बाहिस्कार गर्न थालेपछि तराइमा बलियाे जग बसाल्न याे एक चाल हुन सक्ने राजनीतिक बिश्लेसकहरूले अनुमान लगाउदै अाएका छन । त्यसाे त प्रदेश एकमा बिप्लव नेतृत्वकाे कार्यकर्ता नभएका पनि हइनन ।सुगम जिल्लाहरूमै बिद्यार्थि संगठनहरू सकृिय भएर लागेका छन तर उनिहरू शान्तिपुर्ण अान्दाेलन गर्ने पक्षमा उभिने गरेका छन ।
प्रदेश एक त्यसै पनि सुगम र बिकसित जिल्लाहरू मानिदै अाएकाे छ । १४ वटा जिल्ला रहेका यस क्षेत्रमा बिप्लव नेतृत्वकाे कार्यकर्ताहरूकाे चहल पहल निकै कम देखिन्छन तर बिद्यार्थि संगठनहरू भने तादरूकता रहेका छन । उनिहरू बिप्लव नेतृत्वकाे झण्डा बाेकेरै समाजसेवा गर्न रूचाउछन तर हिंसात्मक अान्दाेलनमा भने त्यति सहभागि देखिदैनन ।
बेला बेलामा हुने बन्दका कार्यक्रमहरूलाइ हेृने हाे भने पनि बिप्लव नेतृत्वकाे कार्यकर्ताहरूकाे सहभागिता निकै कम देखिने गरेकाे छ । त्यस्तै गाेष्ठी , प्रशिक्षण तथा अन्तरकृिया जस्ता कार्यक्रमहरूमा पनि शुरक्षाकाे कारण देखाउदै निकै कमै मात्रामा उपस्थिति हुने गरेका छन ।
यि माथिका बुदाहरू हेर्ने हाे भने र बेला बेलामा भएका अान्दाेलनका कार्यक्रमहरूलार्इ पनि मध्य नजर गर्ने हाे भने प्रदेश एकमा बिप्लव नेतृत्वकाे सकृयता निकै कम हुने गरेकाे अाैल्याउन सकिन्छ ।तसर्थ तराइका जिल्लाहरूमा उसकाे सहभागिता संगै सकृियता पनि कमनै मानिन्छ ।
तर तराइकै केहि दुर्गम जिल्लाहरूमा भने बिप्लव नेतृत्वकाे माअाेवादी निकै बलयाे सकृियता रहदै अाएकाे देखिन्छ । जस्तै धनकुटा , तेह्रथुम , भाेजपुर , संखुवासभा , अाेखलढुंगा , ताप्लेजुङ लगायतका पहाडी जिल्लाहरूमा बिप्लव नेतृत्वकाे माअाेवादीले निकै चहलपहल बढाएकाे देखिन्छ ।
प्रदेश एकका जिल्लाहरूलाइ हेृने हाे भने शान्ति शुरक्षाकाे हिसाबले बलियाे मानिदै अाएकाे छ । नेपाली सेनाकाे ब्यारेक फ सशस्त्र प्रहरीकाे बेस क्याम , नेपाल प्रहरी , जनपथ , दंगा नियन्त्रण , ट्राफिक प्रहरीकाे अवस्था प्रदेस एकमा निकै बलीयाे र अाक्रमक पनि छ । तर यसाे भनिरहदा प्रदेश एकका जिल्लाहरू साच्चै सुरक्षित छ भनेर बिश्वासनिय बनिन सकेकाे छैन ।
शुरक्षा संगै प्रदेश एकमा चुनाैतिहरू पनि थुप्रै रहेका छन । ति मध्ये नेपाल भारत खुल्ला सिमाना मुख्य चुनाैति हुन । प्रहरी देखि शुरक्षा निकायहरूकाे समेत टाउकाे दुखाइकाे बिषय बनेकाे यस सिमा क्षेत्रमा लागु पदार्थ बेचबिखन तथा अाेसार प्रसार , हत्या , बलात्कार , चाेरी डकैति , चेलिबेटि बेचबिखन , अवैध याैन कृयाकलाप हातहतियारकाे काराेबार र तस्करी जस्ता अपराधिक कृयाकलाप हुदै अाएका छन ।
त्यसैमाथि कहिले काहि बिप्लव नेतृत्वकाे माअाेवादी गतिविधिका कारण प्रहरीकाे निन्द्रा हराम हुने गरेकाे पाइन्छ । प्रहरीमा शुरक्षा चुनाैतिकाे चाङ त त्यसै पनि छ दै छ झन अहिले बिप्लव माअाेवादि गतिविधि प्रहरी र सिंगाे शुरक्षा निकाय नै बेचैनमा छ । अहिले प्रदेश एकका मुख्य जिल्लाहरूमा बाक्लाे शुरक्षाकर्मिहरू तैनाथ गरिएका छन । प्रदेश एकका बिराटनगर , इटहरी , झापा , धरान धनकुटा इनरूवा उदयपुर जस्ता सहरहरूमा अहिले शुरक्षास्थितिलाइ मध्य नजर गर्दै प्रहरी संख्या बढाएर खटाइएकाे प्रदेश एक प्रहरी कार्यालय बिराटनगर बताउछ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved