सुर्वण अवसर : आर्कषक तलबसहित यी चार क्षेत्रमा नेपाली कामदार माग्दै ओमान

  • प्रकाशित मितिः असार 4, 2076
  • 79 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं । लामो समय देखि धेरै नेपालीहरुको आर्कषणको केन्द्र रहेको ओमनमा कामदार पठाउने प्रक्रिया सुरु भएको छ । नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य ओमानमा स्वास्थ्य क्षेत्रमा नेपाली कामदार पठाउन उसले आग्रह गरेको छ ।

 

सोमबार ओमानस्थित नेपाली राजदूत शर्मिला ढकाल र ओमानका स्वास्थ्यमन्त्री डाक्टर अहमद बिन मोहम्मद पवन ओबइड अलसादीबीच भएको शिष्टाचार भेटका क्रममा अलसादीले सो कुरा बताएका हुन् ।

स्वास्थ्य क्षेत्रमा व्यावसायिक कामदार पठाउन ओमनले आग्रह गरेको छ । भेटमा राजदूत ढकाल र मन्त्री अहमद बिनबीच ओमानमा स्वास्थ्य क्षेत्रमा राम्रो रोजगारीको अवसरबारे छलफल भएको थियो ।

मन्त्री अहमदले नेपालबाट डाक्टर, नर्स, ल्याब टेक्निसियन र फार्मेसिस्ट लैजाने प्रस्ताव उनले गरेका थिए । मन्त्रीको प्रस्तावमा राजदूत ढकालले नेपाल सरकार र ओमान सरकारबीच श्रम समझदारी व्यवसायिक कामदारहरु पठाउन पहल गरिने बताएकी थिइन् ।

ओमानसँग सरकारले पहिलो पटक श्रम समझदारी गरेर कामदार पठाउने तयारी गरेको छ । जसका लागि श्रम समझदारीका मस्यौदाका बुँदामा समेत टुंगो लागिसकेको छ ।

अब ओमान र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भने भएको छैन । यो पनी हेर्नुहोस्, नेपालमा टिपर आतंक कम हुने देखिएको छैन । समयसमयमा देशका विभिन्न भागहरुमा टिपरको ठक्करबाट ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ ।

यो बिचमा झापाको गौरीगञ्ज दमक सडक खण्ड अन्तर्गत भेटुवाल चोकमा टिपरको ठक्करबाट दश बर्षे बालकको ज्यान गएको छ । सोमबार दिउसो करिब २ः१५ मा टिपरको ठक्करबाट गौरादह ७ ठकठके निवासी ओमराज गिरीको मृत्यु भएको १ नम्वर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस